पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस १४, कलैया ।</b> अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा शाखले सन् २०१७ मा जिल्लामा मानवअधिकारविरुद्ध विभिन्न ४७ वटा घटना भएको जनाएको छ । <br></p><p>आमनेपाल मानवअधिकार वर्ष पुस्तक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि लक्ष्मी साहले सन् २०१६ को तुलनामा सन् २०१७ मा मानवअधिकारविरुद्धका घटनामा कमी आएको जानकारी दिनुभयो । </p><p>सन् २०१७ मा हिंसाका १०, बलात्कारका नौ, बलात्कार प्रयासका चार, बहुविवाहका चार, दव्र्यवहारका छ, बाल स्वास्थ्य अधिकारका दुई, कुटपिटका चार र हातहतियारसंग सम्बन्धित आठसमेत गरी ४७ वटा घटना भएको उहाँले बताउनुभयो । रासस </p>

