पढ्न करिब 1 मिनेट लाग्छ

पुस १५, सर्लाही । सर्लाहीमा शुक्रबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवपुरमा साइकललाई ना ३ ख ४०९ नम्बरको ट्रकले ठक्कर दिँदा हरिवन–४ का १३ वर्षे आयुष न्यौपानेको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका आयुषलाई उपचारका लागि वीरगंज लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरी जनाएको छ ।

यस्तै हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा ज १ त २२१३ नम्बरको ट्रयाक्टर अनियन्त्रित पल्टिँदा २० वर्षका चालक जनसहिल मंसुरको ज्यान गएको छ ।