2026-10-15 01:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

‘खस राज्य’ को इतिहास ओझेलमा

पुस १५, कालिकोट । जुम्ला सिंजा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्रको संरक्षण हुन नसक्दा इतिहास नै ध्वस्त हुने अवस्थामा पुगेको छ । 

उचित संरक्षण उत्खलन नहुँदा इतिहास नै नरहने अवस्था अवस्थामा पुगेको हो । जुम्लाको सिंजा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । त्यसैले नेपाली समाजमा सिंजा सभ्यताको छुट्टै र बिशिष्ट महत्व छ । तर, अहिले त्यही उपत्यकाको अस्तित्व र महत्व संकटमा परेको छ ।

सिंजा उपत्यकामा रहेका पूर्व प्राचीनकालबाट बनाएका धार्मिक मठ, मन्दिर, गुफा, देवल, सिउ बाघ, चालचलन, रीतिरिवाज लगायतका पर्यटकीय क्षेत्रहरु अहिले संरक्षणको अभावमा ध्वस्त हुदैँ गइरहेको पत्रकार पवित्रकुमार शाहीले बताए । ‘ नेपाली समाजमा सिंजा सभ्यताको छुट्टै र बिशिष्ट महत्व छ’ उनले भने, ‘पर्यटकीय क्षेत्रहरु अहिले संरक्षणको अभावमा ध्वस्त हुदैँ गइरहेका छन् ।’

नेपाली भाषाको उद्गमस्थल जुम्ला सिंजाको उपत्यकामा रहेको सिंजा कनका सुन्दरी मन्दिर, पान्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिर, बिराट दरबार, नाख्या दुला, ह्रयाङग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बोतामालिका महादेव मन्दिरलगायत सिंजा भेगमा रहेका ३ दर्जन भन्दा बढी साना ठूला देवी देउताका मन्दिरहरु जीर्ण भई ध्वस्त हुन लागेको स्थानीय अमरबहादुर शाहीले बताए । ‘प्राचीन सभ्यताका चिनारीहरु हराउन थालेका छन्’ उनले भने, ‘कयौं मठ मन्दिरहरु जीर्ण अवस्थामा रहेका छन् ।’

त्यसै गरी पाँच भाइ पाण्डव बस्ने पाण्डव गुफा र बिराट दरबारको अवषेश समेत भेटिन मुस्किल पर्न थालेको छ । खस राज्य सञ्चालनको समयमा बनाइएका यी मठ मन्दिर, सिजा सिहु बाघ, ठूला ठूला ढुङ्गामा कँुदिएका चित्रकला, संकेत अक्षर र अंकहरु लेखिएका शिला लेखहरु समेत अहिले खेतबारी र पाखाहरुमा बेवारिसे अवस्थामा रहेको जुम्लाका इन्जिनियर नरेशदत्त रावलले बताए । ‘जुम्लामा रहेको खस राज्यको इतिहास नै मेटिन लागेको छ’ उनले भने, ‘त्यसको संरक्षण जर्गेना गर्न कसैले पनि पहल चालेको छैन् ।’

यसैगरी प्रसिद्ध कनका सुन्दरी मन्दिर नजिकै पूर्वतिर धर्मशाला बनाउनको लागि जगा खन्ने क्रममा ५ वटा मूर्ति भेटिएको छ । कर्णाली पर्यटन प्रबद्र्धन बिकास समितिको लगानीमा भक्तजनहरुलाई बस्नको लागि धर्मशाला बनाउने क्रममा पुराना ढुंगाका मुर्ति भेटिएका हुन् । 

५ वटा मूर्ति मध्य ३ ठूला र २ साना रहेका छन्  । जसमा विष्णु, जालाफा देवी, शिव, लक्ष्मी, साढे लगायतका मुर्ति रहेका छन् । मुर्ति भेटिएको ठाउँमा पहिले खस राजाको दरवार रहेको अनुमान गरिएको छ ।

कनका सुन्दरी मन्दिर लगायत सिंजा क्षेत्रमा रहेका महत्वपूर्ण स्थानहरुको संरक्षण, संग्रहालय, उल्खनन् र सुरक्षाको आवश्यक रहेको कर्णाली पर्यटन प्रर्बद्धन विकास समितिका अध्यक्ष नरबहादुर रावतले बताए । 

‘महत्वपूर्ण ठाउँको संरक्षण हुन सकेको छैन्’ उनले भने, ‘ऐतिहासिक ठाउँको सुरक्षा पनि छैन् ।’ कनका सुन्दरी मन्दिर क्षेत्रमा धर्मशाला निर्माण गर्दा ३ सय बर्षभन्दा पुरानो मुर्ति भेटिएका र भेटिएका  मुर्तिहरु सुरक्षाको लागि ईलाका प्रहरी कार्यालय हाडसिंजामा राखिएको  समितिका सचिव ताराजङ्ग हमालले बताए । ‘मन्दिर क्षेत्र र खस राज्यको दरवार रहेको क्षेत्रमा उत्खलनको आवश्यकता रहेको छ’ उनले भने, ‘यसले इतिहास के भन्नेसम्म पनि पत्ता लाग्न सक्छ ।’

कर्णालीमा रहेका विभिन्न धार्मिक सांकृतिक भेष भुषा त्यस्तैगरी, गुफा, मन्दिर, पन्चेबाजालगायत पनि संरक्षणको पर्खाइमा छन् । तर यस्ता पुरातात्विक सम्पत्ति र धरोहरको संरक्षणमा सम्बन्धित निकायको खासै ध्यान जान नसकेकोमा स्थानीयको चिन्ता छ । अझ पनि यसमा राज्य गम्भीर बन्न सके ऐतिहासिक धरोहर जोगाइ राख्न सकिने स्थानीयको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित