पढ्न करिब 1 मिनेट लाग्छ

ताराबहादुर महत । पुस १६, दोलखा । मेडिकल प्रयोगशालाकर्मीहरुको छाता संगठन मेडिकल ल्याबोरेटरी एसोसियसन अफ नेपाल(मेलान) दोलखाको पहिलो जिल्ला सम्मेलन शनिबार चरिकोटमा सम्पन्न भएको छ ।

सम्मेलनले सर्वसहमत रुपमा सन्तोष पोखरेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष विमला सापकोटा, सचिव उद्धव दाहाल र कोषाध्यक्ष सञ्जु थामी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सुजना पोखरेल, शुसिल खड्का, कर्मसिंह गुप्ता, कल्पना कार्की, विरेन्द्र यादव, नन्दु घिसिङ, कल्पना गिरी, अस्मिता खड्का र सजाता कार्की रहनुभएको छ ।

मेडिकल ल्याबोरेटरी एसोसियसन अफ नेपाल(मेलान) का केन्द्रिय अध्यक्ष कृष्णप्रसाद रिजालको प्रमुख आतिथ्यतामा चरिकोटमा पहिलो जिल्ला सम्मेलन आयोजना गरिएको थियो । जिल्लाका स्वास्थ्य संस्थाहरुको प्रयोगशालाकर्मीहरुको प्राविधिकहरुको पेशागत हक हितको सुनिश्चित गर्नुको साथै जनपक्षिय र व्यवस्थित प्रयोगशाला बनाउने उद्धेश्यले मेलान दोलखाको गठन गरिएको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताउनुभयो । नवनिर्वाचित कमिटीको कार्यकाल तीन बर्षको हुनेछ ।