2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काभ्रेमा छुट्टाछट्टै दुर्घटनामा दुईजनाको मृत्यु

पुस १७, धुलिखेल । काभ्रेपलाञ्चोकमा आज भएका छुट्टाछुट्टै दर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा आइतबार बेलुका काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा३ख ५९५५ नंको यात्रुबाहक बसले सोही बसबाट झर्दै गर्दा काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका–१ का ३७ वर्षीया फूलमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो । 

बसबाट झर्दै गरेको अवस्थामा तामाङलाई बसले किचेर घाइते बनाएकामा धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान उहाँको मृत्यु भएको थपलियाले बताउनुभयो । 

त्यस्तै पाँचखाल नगरपालिका–८ खावामा आइतबार बेलुका धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा७१प २०१५ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना१ज १८८४ नंको सुमो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर जिल्ला टीकाथली नगरपालिका–४ का विनय देउजाको मुत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भई धुलिखेल अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा आज बिहान २३ वर्षीय देउजाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही क्रममा मोटरसाइकलको पछाडि सवार २३ वर्षीया अमिता आचार्य घाइते भएको र उहाँको टाउकामा चोट लागेको जनाएको छ । उहाँको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 

दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई