१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कालाकाटेको महायज्ञमा साढे दुई लाख बढी संकलन

११ भाद्र २०७२, शुक्रबार ०७:१५

सन्तोषकुमार गुप्ता/भदौ ११, भालुवाङ ।
देउखुरीको कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पाँचौँ दिन बिहिबार सम्म ढाई लाख बढी नगद रकम संकलन भएको छ । अहिले सम्म २ लाख ४६ हजार ८ सय २२ रुपैयाँ नगद दान प्राप्त भएको छ ।

कालाकाटेको महायज्ञमा साढे दुई लाख बढी संकलन

शैक्षिक उन्नति तथा भौतिक निमार्ण सहयोगार्थ जनता उच्च माध्यमिक विद्यालय कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पाँचौ दिन बढी नगद दान प्राप्त भएको आयोजकले जनाएको छ । महायज्ञमा दिनप्रदिन भक्तजनहरुको सहभागिता संगै दान रकम संकलनमा समेत बृद्धि हुन थालेको छ ।

जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीको आयोजनामा शुरु भएको महायज्ञको पाँचौ दिन आयोजक विद्यालयका प्रचार्य बासुदेव बेल्बासेले २५ हजार २ सय ५१, सफल मर्रासिनी २५ हजार १ सय ११, सोही विद्यालयका पूर्व प्राचार्य कृष्णबहादुर कार्की १६ हजार १ सय ५१, अञ्चला यादव ११ हजार १ सय ११, झवि गिरी १० हजार १ सय, पवित्रा थापा १० हजार १६ रुपैयाँ, कृष्णप्रसाद सुवेदी ५ हजार १ सय ११, बहादुरकर्ण केसी ५ हजार ५, डमादेवी बस्नेत ५ हजार २०, ओमकला खनाल ३ हजार १ सय १५, बलनारायण श्रेष्ठ ३ हजार १ सय, स्तुति मर्रासिनी ३ हजार २, आसमा मर्रासिनी ३ हजार २ रुपैयाँ र अन्य दान प्राप्त गरी कुल १ लाख ५३ हजार १ सय ९९ सय दान प्राप्त भएको श्रीमद्भागवत मूल समारोह समितीका सदस्य सचिव तथा विद्यालयका प्राचार्य बासुदेव बेल्बासेले जानकारी दिए ।

 

त्यस्तै महायज्ञको चौथो दिन ६१ हजार ५ सय ९३ नगद दान रकम प्राप्त भएको प्राचार्य बेल्बासेले जानकारी दिए । बुधबार मात्रै घोषणा गरेको रकम सहित भने १ लाख बढी नै संकलन भएको बेल्बासेले जानकारी दिए । त्यस्तै बुधबार मात्रै ३ क्वीन्टल चामल र ३० लिटर तेल समेत दान भएको आयोजकले जनाएको छ ।

आईतबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको महायज्ञमा आउने दानदाता र श्रदालुभक्तजन धेरैको संख्यामा भएको भए पनि बन्द हड्तालका कारण उहाँहरु आउन नपाउँदा दान रकम संकलनमा केही कमी आएको जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि सुवेदीले बताउए ।

कालाकाटेको महायज्ञमा साढे दुई लाख बढी संकलन

उहाँहरुलाई यस महायज्ञ सम्म ल्याउनका लागि समेत तयारी भईरहेको सुवेदीको भनाई छ । महायज्ञमा देउखुरीका विभिन्न स्थान र छिमेकी जिल्लाहरु प्यूठान, अर्घाखाँची र कपिलबस्तु सहित अन्य जिल्लाहरुबाट आउने जानकारी पाए पनि बन्दहड्तालका कारण ल्याउन नसकिएको अध्यक्ष सुवेदीले बताए । महायज्ञको पाँचौँ दिन समेत सयौँ भक्तजनहरुको सहभागिता रहेको थियो ।

कालाकाटेको महायज्ञमा साढे दुई लाख बढी संकलन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती २०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने : सर्वोच्च अदालतको फैसला वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे” किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “ “बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला” एमालेले बोलायो सचिवालय बैठक पेट्रोल र डिजेलको मूल्य घट्यो सुनचाँदीको मूल्य घट्यो भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश