2026-09-19 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

घर बनाउन अनुरोध गर्दै सचिवालय प्रमुख गाउँमा

पुस १९, चरिकोट । लामो यात्रापछि दोलखाको दक्षिणी दुर्गमका गाउँमा जस्ताको टहरोमा कष्टकर जीवनयापन गरिरहेका स्थानीयलाई गाउँमा पुगेर पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यले जनतालाई छिटोछिटो स्थायी आवास (घर) निर्माण गर्न अनुरोध गर्नुभएको छ । 

दोलखाका विभिन्न गाउँमा पुगेर आचार्यले हालै जनतासँग भलाकुसारी गर्दै सरकारले तोकेको मापदण्डभित्र रहेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न स्थानीयवासीलाई सुझाव दिनुभएको हो । 

सचिवालयका प्रमुख आचार्यले जनता जुझारु भएर जुटेर मात्रै भूकम्पपछिको पुनःनिर्माण सम्भव हुने बताउँदै घर निर्माण गर्न सरकारले दिएको अनुदान रकम दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । 

पुनःनिर्माणको काम सुस्तगतिमा अगाडि बढिरहेको भनी प्राधिकरणको आलोचना भइरहेका बेला प्रमुख आचार्यले भने स्थानीयलाई झकझक्याउन गाउँगाउँमा पुग्नुभएको छ । 

दोलखाको साविक गाविस बोच, लाकुरीडाँडा, मागापौवा, काटाकुटी, फस्कु, शैलुङ्गेश्वरलगायतमा जस्ताको कटेरामा बसेका स्थानीयलाई भेटेर सरकारले दिएको पहिलो किस्ता रकम रु ५० हजार दुरुपयोग नगर्न र सरकारलाई पुनःनिर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । 

उहाँको भनाइ सुन्दै स्थानीयले इञ्जिनियर गाउँमा नबसेका कारण घर निर्माणमा ढिलाइ भएको बताएका थिए । आचार्यसँग दोलखाको काटाकुटीका शेरबहादुर श्रेष्ठले आफ्नो परिवार जस्ताको कटेरोमा बस्नु रहर नभई बाध्यता रहेको बताएका थिए । 

श्रेष्ठले आफूलाई घर बनाउने इच्छा भएपनि आर्थिक अभाव भएकै कारण घर निर्माण गर्न नसकेको बताए । उनले गाउँमा बलियो र सुरक्षित घरका लागि इञ्जिनियर गाउँमा बसे आफूहरुलाई घर कस्तो बनाउने भन्नेमा सहज हुने बताएका थिए ।

त्यसैगरी, दोलखाको बोचमा घर निर्माण गरिरहेका रामबहादुर तामाङले सरकारले दिने भनेको दोस्रो किस्ता र तेस्रो किस्ता रकम सहजरुपमा पाउनु पर्ने बताए । 

उनले आचार्यसँग कुरा गर्दै जनताले सजिलै पहिलो किस्ता पाए पनि दोस्रो किस्ता र तेस्रो किस्ताको रकममा झण्झटिलो प्रक्रिया भएको र आफूहरुले बैंकमा दुःख पाएको बताए । आचार्यले बिहीबार र शुक्रबार दुई दिनसम्म स्थानीयको गुनासो बारे गाउँमा जनतासँग अन्तरक्रिया गर्नुभएको थियो । 

आचार्यले पहिलो किस्ता रकम बुझेर घर निर्माणको काम थालेपछि दोस्रो किस्ता रकम लिन कुनै समस्या परे आफूलाई सिधै फोन सम्पर्क गर्न आग्रह गर्नुभएको थियो । 

प्राधिकरणका जिल्ला प्रमुख आचार्य पुनःनिर्माणको अवस्था बुझ्न गाउँ पसेपछि प्राधिकरणका प्रमुखसँग सिधै आफ्ना गुनासो राख्न पाउँदा स्थानीय निकै खुशी देखिन्थे । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई