शंकर के सी/पुस १९, सल्यान । यसै त ग्रामिण भेगको कस्टकर जीवन । त्यसैमाथी कसैलाइ कुनै विमारले समात्यो भने उसको जीवननै वचाउन मुस्कील पर्ने गर्छ । 

सल्यान जिल्लामा पनि यस्ता विकट वस्तीहरु छन् । जुन वस्तीहरु विजुली, स्वास्थ्य, शिक्षा, यातायात जस्ता सुविधाको पहुँचबाट टाढा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शंकर के सी/पुस १९, सल्यान । यसै त ग्रामिण भेगको कस्टकर जीवन । त्यसैमाथी कसैलाइ कुनै विमारले समात्यो भने उसको जीवननै वचाउन मुस्कील पर्ने गर्छ । 

सल्यान जिल्लामा पनि यस्ता विकट वस्तीहरु छन् । जुन वस्तीहरु विजुली, स्वास्थ्य, शिक्षा, यातायात जस्ता सुविधाको पहुँचबाट टाढा"/>

२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान: मिनाकी छोरी र श्रीमानको जीवन बन्यो सपांग

२०७४, १९ पुष बुधबार १०:५६

शंकर के सी/पुस १९, सल्यान । यसै त ग्रामिण भेगको कस्टकर जीवन । त्यसैमाथी कसैलाइ कुनै विमारले समात्यो भने उसको जीवननै वचाउन मुस्कील पर्ने गर्छ । 

सल्यान जिल्लामा पनि यस्ता विकट वस्तीहरु छन् । जुन वस्तीहरु विजुली, स्वास्थ्य, शिक्षा, यातायात जस्ता सुविधाको पहुँचबाट टाढा छन् । दुइ छाक टार्न पनि धौ धौ हुने गाउँका मानिसहरुलाइ कुनै रोग वा समस्या देखियो भने उपचार गर्न मुस्कील हुन्छ ।

सल्यान दार्मा गाउँपालिका वडा नम्बर ३ डाँडागाउँ भल्चौरमा २०७३ साल पुस ७ गते जन्मीएकी तुलसा दाहालको ज्यान पनि एकिकृत परियोजना अन्तर्गत वाल विकास कार्यक्रम त्यस गाउँमा संचालन नभएको भए सायद जोखिममा थियो । 

जन्मदै ओठ तथा तालु फाटेको तुलसाको समयमै उद्धार र उपचार भएकोले सपांग जीवन प्राप्त भएको छ । उनकी आमा मिना दाहालले भनिन्, ‘स्वास्थ्य चौंकी भल्चौर बाट मैले कुनै पनि सल्लाह सुझाब पाईन तर गाउँ बाल संरक्षण समितिले सल्लाह दिएपछि मेरी छोरिको ओठ तथा तालु फाटेको थाहा भयो ।’ अहिले छोरी तुलसाको स्वास्थ्य अबस्था राम्रो रहेको रदछोरीको जिबन नै परिवर्तन भएको मिनाले बताइन् ।

 उपचार अघि जन्मदै ओठ तथा तालु फाटेकी बालिका तुलसा दाहाल

गाउँ बाल संरक्षण समितिको सदस्य प्रेम कुमारी बुढाथोकी मार्फत छोरीको उपचारको लागी सल्लाह मागेकी मिनाले त्यस पछि एक दिन सेभ द चिल्ड्रेन र दलित बिकास समाज सल्यानको साझेदारिमा संचालित एकिकृत परियोजना अन्तर्गत बालसंरक्षण फिल्ड सुपरभाइजर टिका राम बि.क आफ्नो घरमा भेट्न आएको बताइन् । बिकले छोरीको उपचार काठमाण्डौ को बि एण्ड बि अस्पतालमा हुन्छ र त्यहाँ उपचार पनि नि.ंशुल्क हुन्छ भन्ने कुराको जानकारी गराएका थिए ।

त्यसपछि उपचारको लागी गाउँ बालसंरक्षण समिति मार्फत सिफारिश गरेर छोरी जन्मीएको ३ महिना पछि बि.एण्ड.बि अस्पतालमा उपचारको लागी लगेको उनले बताइन् । उनले भनिन्, ‘मेरी छोरी को शल्यक्रिया नि.ंशुल्क सफल रुपमा सम्पन्न भयो र एक जना लाई  काठमाण्डौ आउने जाने खाना बस्ना समेत नि.ंशुल्क भयकोले मलाई छोरीको उपचारका लागी आर्थिक संकट परेन ।’ यस अघि पनि तीन जना ओठ तथा तालु फाटेकालाइ उपचारमा पठाइएको दलित विकास समाजका वाल संरक्षण सुपरभाइजर बिकले बताए ।

दुइ रोपनि मात्रै खेती योग्य जमिन रहेको मिनाको श्रीमान पनि अपांगता भएको व्यक्ति हुनाले दैनीक गुजारा चलाउन मुस्कील थियो । दलित विकास समाजकै कारणले आफ्नो श्रीमान इन्द्र बहादुर दाहालको पनि तालु फाटेको उनले थाहा पाएकि थिइन् । 

उपचार पछि तुलसा

मिनाले भनिन् ‘छोरीको शल्यक्रिया पछि मेरा श्रीमानको पनि प्लाष्टिक सर्जरी भयो । अहिले मेरो छोरी र मेरो श्रीमानको स्वास्थ्य अबस्था राम्रो छ ,अहिले मेरो परिवारमा खुसि छाहायको छ ।’

हिजो आज मिनाको परिवार तरकारि खेती तर्फ अग्रसर भएको बाल संरक्षण फिल्ड सुपरभाइजर बिकले बताए । सेभ द चिल्ड्रेन र दलित बिकास समाज सल्यानको साझेदारिमा संचालित एकिकृत परियोजना अन्तर्गत जिबिकोपार्जन तथा पोषण कार्यक्रम द्घारा गठित नमुना कृषक समुह भल्चौर ४ को सदस्य बन्न मिनालाइ बिकले सल्लाह दिएका थिए । सदस्य बनेपछि मिनाले भनिन्, ‘अहिले मैले करेसाबारीमा तरकारि खेती गरेकी छु, घरमा तरकारिको कमी छैन । छोराछोरीले प्रसस्त तरकारि खान पाएका छन् । स्वास्थ्य अवस्था पनि सुध्रदै गएको छ ।’

एकिकृत परियोजना अन्तर्गत दार्मा गाउँपालिकामा शिक्षा, बाल संरक्षण र जीविकोपार्जन तथा पोषण कार्यक्रम संचालनमा छन् । आफ्नो परियोजनाको माध्ययमबाट भल्चौरकी तुलसा र उनको बुवा इन्द्र बहादुरको जीवनमा परिवर्तन भइ उनीहरुके परिवारले खुसीयालीका साथ जीवन विताएको देख्दा आफुहरुलाइ ठूलो सफलता मिलेको अनुभव भएको बाल संरक्षण संयोजक गुमानसिंह नेपालीले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक