शंकर के सी/पुस १९, सल्यान । यसै त ग्रामिण भेगको कस्टकर जीवन । त्यसैमाथी कसैलाइ कुनै विमारले समात्यो भने उसको जीवननै वचाउन मुस्कील पर्ने गर्छ । 

सल्यान जिल्लामा पनि यस्ता विकट वस्तीहरु छन् । जुन वस्तीहरु विजुली, स्वास्थ्य, शिक्षा, यातायात जस्ता सुविधाको पहुँचबाट टाढा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शंकर के सी/पुस १९, सल्यान । यसै त ग्रामिण भेगको कस्टकर जीवन । त्यसैमाथी कसैलाइ कुनै विमारले समात्यो भने उसको जीवननै वचाउन मुस्कील पर्ने गर्छ । 

सल्यान जिल्लामा पनि यस्ता विकट वस्तीहरु छन् । जुन वस्तीहरु विजुली, स्वास्थ्य, शिक्षा, यातायात जस्ता सुविधाको पहुँचबाट टाढा"/>

2026-10-26 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान: मिनाकी छोरी र श्रीमानको जीवन बन्यो सपांग

शंकर के सी/पुस १९, सल्यान । यसै त ग्रामिण भेगको कस्टकर जीवन । त्यसैमाथी कसैलाइ कुनै विमारले समात्यो भने उसको जीवननै वचाउन मुस्कील पर्ने गर्छ । 

सल्यान जिल्लामा पनि यस्ता विकट वस्तीहरु छन् । जुन वस्तीहरु विजुली, स्वास्थ्य, शिक्षा, यातायात जस्ता सुविधाको पहुँचबाट टाढा छन् । दुइ छाक टार्न पनि धौ धौ हुने गाउँका मानिसहरुलाइ कुनै रोग वा समस्या देखियो भने उपचार गर्न मुस्कील हुन्छ ।

सल्यान दार्मा गाउँपालिका वडा नम्बर ३ डाँडागाउँ भल्चौरमा २०७३ साल पुस ७ गते जन्मीएकी तुलसा दाहालको ज्यान पनि एकिकृत परियोजना अन्तर्गत वाल विकास कार्यक्रम त्यस गाउँमा संचालन नभएको भए सायद जोखिममा थियो । 

जन्मदै ओठ तथा तालु फाटेको तुलसाको समयमै उद्धार र उपचार भएकोले सपांग जीवन प्राप्त भएको छ । उनकी आमा मिना दाहालले भनिन्, ‘स्वास्थ्य चौंकी भल्चौर बाट मैले कुनै पनि सल्लाह सुझाब पाईन तर गाउँ बाल संरक्षण समितिले सल्लाह दिएपछि मेरी छोरिको ओठ तथा तालु फाटेको थाहा भयो ।’ अहिले छोरी तुलसाको स्वास्थ्य अबस्था राम्रो रहेको रदछोरीको जिबन नै परिवर्तन भएको मिनाले बताइन् ।

 उपचार अघि जन्मदै ओठ तथा तालु फाटेकी बालिका तुलसा दाहाल

गाउँ बाल संरक्षण समितिको सदस्य प्रेम कुमारी बुढाथोकी मार्फत छोरीको उपचारको लागी सल्लाह मागेकी मिनाले त्यस पछि एक दिन सेभ द चिल्ड्रेन र दलित बिकास समाज सल्यानको साझेदारिमा संचालित एकिकृत परियोजना अन्तर्गत बालसंरक्षण फिल्ड सुपरभाइजर टिका राम बि.क आफ्नो घरमा भेट्न आएको बताइन् । बिकले छोरीको उपचार काठमाण्डौ को बि एण्ड बि अस्पतालमा हुन्छ र त्यहाँ उपचार पनि नि.ंशुल्क हुन्छ भन्ने कुराको जानकारी गराएका थिए ।

त्यसपछि उपचारको लागी गाउँ बालसंरक्षण समिति मार्फत सिफारिश गरेर छोरी जन्मीएको ३ महिना पछि बि.एण्ड.बि अस्पतालमा उपचारको लागी लगेको उनले बताइन् । उनले भनिन्, ‘मेरी छोरी को शल्यक्रिया नि.ंशुल्क सफल रुपमा सम्पन्न भयो र एक जना लाई  काठमाण्डौ आउने जाने खाना बस्ना समेत नि.ंशुल्क भयकोले मलाई छोरीको उपचारका लागी आर्थिक संकट परेन ।’ यस अघि पनि तीन जना ओठ तथा तालु फाटेकालाइ उपचारमा पठाइएको दलित विकास समाजका वाल संरक्षण सुपरभाइजर बिकले बताए ।

दुइ रोपनि मात्रै खेती योग्य जमिन रहेको मिनाको श्रीमान पनि अपांगता भएको व्यक्ति हुनाले दैनीक गुजारा चलाउन मुस्कील थियो । दलित विकास समाजकै कारणले आफ्नो श्रीमान इन्द्र बहादुर दाहालको पनि तालु फाटेको उनले थाहा पाएकि थिइन् । 

उपचार पछि तुलसा

मिनाले भनिन् ‘छोरीको शल्यक्रिया पछि मेरा श्रीमानको पनि प्लाष्टिक सर्जरी भयो । अहिले मेरो छोरी र मेरो श्रीमानको स्वास्थ्य अबस्था राम्रो छ ,अहिले मेरो परिवारमा खुसि छाहायको छ ।’

हिजो आज मिनाको परिवार तरकारि खेती तर्फ अग्रसर भएको बाल संरक्षण फिल्ड सुपरभाइजर बिकले बताए । सेभ द चिल्ड्रेन र दलित बिकास समाज सल्यानको साझेदारिमा संचालित एकिकृत परियोजना अन्तर्गत जिबिकोपार्जन तथा पोषण कार्यक्रम द्घारा गठित नमुना कृषक समुह भल्चौर ४ को सदस्य बन्न मिनालाइ बिकले सल्लाह दिएका थिए । सदस्य बनेपछि मिनाले भनिन्, ‘अहिले मैले करेसाबारीमा तरकारि खेती गरेकी छु, घरमा तरकारिको कमी छैन । छोराछोरीले प्रसस्त तरकारि खान पाएका छन् । स्वास्थ्य अवस्था पनि सुध्रदै गएको छ ।’

एकिकृत परियोजना अन्तर्गत दार्मा गाउँपालिकामा शिक्षा, बाल संरक्षण र जीविकोपार्जन तथा पोषण कार्यक्रम संचालनमा छन् । आफ्नो परियोजनाको माध्ययमबाट भल्चौरकी तुलसा र उनको बुवा इन्द्र बहादुरको जीवनमा परिवर्तन भइ उनीहरुके परिवारले खुसीयालीका साथ जीवन विताएको देख्दा आफुहरुलाइ ठूलो सफलता मिलेको अनुभव भएको बाल संरक्षण संयोजक गुमानसिंह नेपालीले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने