2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कालाकाटे महायज्ञ सकियो, साढे १३ लाख संकलन

सन्तोषकुमार गुप्ता । भदौ १३, भालुवाङ्ग । देउखुरीको कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट आईतबार सम्पन्न भएको छ । महायज्ञको अन्तिम दिन अर्थात आठौँ दिन सम्म साढे १३ लाख बढी नगद दान रकम प्राप्त भएको छ । महायज्ञबाट जम्मा १३ लाख ५९ हजार २ सय ८८ रुपैयाँ नगद दान रकम प्राप्त भएको छ । महायज्ञको आठौँ दिन मात्र ३ लाख ५६ हजार २ सय ७९ रुपैयाँ दान रकम प्राप्त भएको विद्यालयका प्राचार्य तथा आर्थक समितीका संयोजक बासुदेव बेल्बासेले जानकारी दिए ।

थारुहट थारुवान सघर्ष समिती पुन बन्द हड्ताल गरे पनि महायज्ञको अन्तिम दिन आईतबार हजारौँ भक्तजन तथा दानदाताहरुको सहभागिता रहेको थियो । दानदाताहरुको उत्साह जनक सहभागिता संगै दान रकममा समेत बृद्धि भएको आयोजकले जनाएको छ । शैक्षिक उन्नति तथा भौतिक निमार्ण सहयोगार्थ जनता उच्च माध्यमिक विद्यालय कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आईतबार एक कार्यक्रमका बीच समापन गरिएको छ । जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीको आयोजना तथा श्रीमद्भागवत देशव्यापी शान्ति अभियानको सह—आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।

महायज्ञको पहिलो दिन आईतबार महायज्ञको उद्घाटन मात्र गरिएको थियो भने दोस्रो दिन सोमबार ७ हजार १ सय १५, तेस्रो दिन मंगलबार २५ हजार ५ सय ३५, चौथो दिन बुधबार ६१ हजार ५ सय ९३, पाँचौँ दिन बिहिबार १ लाख ५३ हजार १ सय ९९ सय, छैठौँ दिन शुक्रबार १ लाख ९७ हजार १ सय ६०, सातौँ दिन शनिबार ५ लाख ३७ हजार २ सय ५१ र अन्तिम अर्थात आठौँ दिन आईतबार ३ लाख ५६ हजार २ सय ७९ रुपैयाँ नगद दान रकम प्राप्त भएको विद्यालयका प्राचार्य तथा आर्थिक समितीका संयोजक बेल्बासेले जानकारी दिए ।

महायज्ञको सातौँ दिन शनिबार मात्र पुरी किराना पसलका प्रोपराईटर गिरीराज पुरीबाट ५२ हजार १ सय ५, आभिमबहादुर केसी ३३ हजार ३ सय ३३, कपिलबस्तु धानखोला गाउँबाट १८ हजार ७ सय ११, माधव सापकोटा १५ हजार ५ सय ५, स्वाभिमान युवा क्लव कालाकाटेबाट १२ हजार १ सय ११, दयावती यादव ११ हजार १ सय ११, ज्ञानकुमार बस्याल ११ हजार १ सय ११, प्रतिमा बेल्बासे पोख्रेल ११ हजार १ सय ११ र यटिना जिएम ११ हजार १ सय ११ नगद दान रकम प्राप्त भएको विद्यालयका प्राचार्य तथा आर्थक समितीका संयोजक बेल्बासेले जानकारी दिनु भयो । त्यस्तै निराजन गिरी ११ हजार १ सय ११, मलमला डिपबोडिङ्ग सिँचाई उपभोक्ता समितीबाट ११ हजार १ सय ११, बाबुराम अधिकारी ११ हजार १ सय ११, ऋषिराम पौडेल, १० हजार ५ सय ७५, राप्ती पुस्तक पसल भालुवाङ्ग पुल्चोकका प्रोपाईटर कर्णबहादुर पौडेलबाट १० हजार ५ सय, अर्जुन पण्डित १० हजार १ सय १५, होमबहादुर केसी १० हजार १ सय १५, रिमा पुरी १० हजार ५, लोकेन्द्र केसी १० हजार १ सय र मुक्तप्रसाद शर्मा १० हजार १ सय र अन्य दान सहित उक्त नगद दान रकम प्राप्त भएको प्राचार्य बेल्बासेले जानकारी दिए ।

महायज्ञको अन्तिम अर्थात आठौँ दिन आईतबार मात्र शुभश्री अग्नी सिम्रन्टका प्रोपाईटर ३१ हजार १ सय ११, स्वर्गद्धारी क्रसर उद्योग मलमलाबाट २७ हजार ७ सय ७७, केशरी गिरी २५ हजार ५ सय २५, लंकबहादुर सोनाम १५ ह

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई