2026-07-25 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा भएका छुट्टाछट्टै दूई दुर्घटनामा दुई जनाको मृत्यु

पुस २१, नुवाकोट । नुवाकोटमा बिहीबार भएका दुई घटना स्काभेटर दुर्घटना र करेन्ट लागेर गरी दुईजनाको मृत्यु भएको छ । 

तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा बिहीबार राति ८: ०० बजे स्काभेटर दुर्घटना हुँदा सहचालक बुद्धिराम तामाङको मृत्यु भएको हो । हल्देफाँटमा सडक विस्तार गरेर सुरक्षित स्थानतर्फ राख्नका लागि लैजाँदै गर्दा भएको दुर्घटनामा मेघाङ गाउँपालिका घर भएका तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । 

चालक नभएकाले दिनभर सहचालकले नै स्काभेटर चलाएर सुरक्षित स्थानमा फर्कँदै गर्दा अनियन्त्रित भएर करिब ५० मिटर तल पुग्दा तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । शवको मुचुल्का गरी परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याउन लागिएको छ । 

यस्तै, दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा बिहीबार साँझ करेन्ट लागेर स्थानीय सुनबहादुर तामाङको मृत्यु भएको छ । 

छिमेकी चन्द्रबहादुर तामाङको घर निर्माणका लागि खटिएका २८ वर्षीय तामाङले फलामको रड सोझ्याउने क्रममा विद्युतीय तारमा छोएर करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुनबहादुरसँगै घर बनाउन खटिएका ५७ वर्षीय मानबहादुर तामाङ करेन्ट लागेर घाइते हुनुभएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि अवस्था सामान्य भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक