2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा सातौँ गिद्ध सचेतना दिवस मनाईयो

सन्तोषकुमार गुप्ता, भदौ २१, भालुवाङ्ग / सातौँ अन्र्तराष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा आईतबार लालमटियामा एक दिने गिद्ध संरक्षण मोहत्सवमा वन वातावरण तथा प्रकृतिका कुचिकार गिद्धको संरक्षण बिषयक तीज गीज प्रतियोगिता सम्पन्न भएको छ ।

dang photo 2
कालिका सामुदायिक वन उपभोक्ता समूहद्धारा सञ्चालित पशुबृद्धा श्रम तथा गिद्ध संरक्षण केन्द्र लालमटियाको आयोजना एवम् नेपाल पंक्षी संरक्षण संघ काठमाडौँको सहयोगमा भएको गिद्ध संरक्षण मोहत्सवमा तीजको भाकाहरुमा वन वातारण संरक्षणका लागि सबैले वातावरणमैत्री व्यबहार बनाउनु पर्ने, वन संरक्षण गर्नु पर्ने, गिद्धको संरक्षणमा सबैले ध्यान दिनु पर्ने जस्ता शब्दहरु समावेश गरिएका तीज गीतहरु प््रस्तुत गरिएका थिए । प्रतियोगितामा लालमटिया गाविस भरिका ७ वटा समूहले भाग लिएका थिए ।

जसमध्ये देवी महिला विकास समूह मसुरिया प्रथम, नेपाल मगर महिला संघ भालुवाङ्ग द्धितीय, आमामिलन महिला विकास समूह पाखापानी तृतीय र कालिका महिला विकास समूह लालमटिया सान्तवना भएका थिए । विजय प्रतियोगी समूहहरुलाई प्रमाण—पत्र सहित क्रमश १५ सय, १ हजार, ५ सय र ३ सय नगद पुरुस्कार वितरण गरिएको थियो ।
कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् नर्ती ईलाका वन वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेमा समयमा वातावरण संरक्षण नै प्रमुख बिषय भएकोले समयमै वातावरण संरक्षण गर्न नसके मानव जीवन नै स्ंकटमा पर्ने बताएका थिए । उनीहरुले अब सबैले वातावरणमैत्री व्यवहार वाउनुको बिकल्प समेत नरहेकोे बताउँदै वातावरण संरक्षणका लागि वातावरणमैत्री व्यवहार सम्बन्धी सचेतना फैलाउनु पर्नेमा समेत जोड दिएका थिए ।

dang photo 1

गिद्ध वातारण अनुकल बनाउने एक मात्र प्रकृतिको कुचिकार पंक्षी भएकोले मरेका तथा सडे गलेका जीव जनावरणहरु खाएर विभिन्न किसिमका रोगहरु फैलिन बचाउने भएकोले गिद्धको संरक्षण गर्न सबैको महत्वपूर्ण भुमिका हुने बताएका थिए । साथै वक्ताहरु लालमटियाको पशुवृद्धा आश्रम तथा गिद्ध संरक्षण केन्द्रको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा व्यापक प्रचार—प्रसार गर्नु पर्ने बताएका थिए ।
पशुबृद्धा श्रम तथा गिद्ध संरक्षण केन्दका संयोजक यामबहादुर रोकामगरको स्वागतबाट शुरु भएको कार्यक्रममा पशु संरक्षण संघका अध्यक्ष भुपाल नेपाली, तराई भु—परिधि तालका दाङ्ग संयोजक भाष्करदेव चौधरी, नर्ती ईलका वन कार्यालयका सहायक वन आधिकृत रामाज्ञाप्रसाद शाह, नर्ती सामुदायिक वन समन्वय समितीका अध्यक्ष टंकनाथ चौधरी, जिल्ला कृषि प्रसार अधिकृत महेश अधिकारी, लालमटिया बृहत खानेपानी समितीका अध्यक्ष कृष्णबहादुर गिरी, कालिका सावउसका अध्यक्ष युवराज न्यौपाने, भिकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हिमाली न्यौपाने, घण्टदेव सावउसका अध्यक्ष धर्मराज अधिकारी, करम्दी सावउसका अध्यक्ष र्टकबहादुर थापा, कालिका सावउसका पूर्व लेखा समिती संयोजक रामकृष्ण पौडेल, पत्रकारद्धय केपी घिमिरे र जमिर शाहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा गिद्ध संरक्षण तथा पशुवद्धा सञ्चालनमा योगदान पु¥याउने पशुबृद्धा श्रम तथा गिद्ध संरक्षण केन्दका संसथापक संयोजक मोती अधिकारी र कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाँलाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक जीवराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक