2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नवप्रतिभा निमाविको २१ औँ अभिभावक भेला सम्पन्न

सन्तोषकुमार गुप्ता, भदौ २२, भालुवाङ्ग । देउखुरीको लालमटिया—३ स्थीत नवप्रतिभा निम्न माध्यमिक विद्यालय पाखापानीको २१ औँ अभिभावक भेला आईतबार विद्यालयको प्रांगणमा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्यामलाल पोख्रेलको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालय दाङ्गका विद्यालय निरक्षक विनोद गौतमको प्रमुख आतिथ्यमा भएको भेलामा विद्यालयका प्रधानध्यापक मानबहादुर कुमालले बार्षिक शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शिक्षक फर्सुराम आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयमा पनि गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितीहरु बीच समन्वयकारी भुमिका हुनु पर्ने बताएका थिए ।

उनीहरुले विद्यालय ज्ञान सिप सिक्ने मन्दिर रहेकोले विद्यालयलाई बन्द मुक्त बनाउनु पर्नेमा समेत जोड दिएका थिए । पछिल्लो समयमा थरुहट आन्दोलनको नाममा विद्यालय केन्द्रित आन्दोलनले लाखौँ विद्यार्थीहरुको भविष्य अन्धकार भएको बताउँदै बक्ताहरुले विद्यालय सञ्चालन गर्न दिनु पर्ने र आफ्ना माग शान्तिपूर्ण आन्दोलनबाट सुल्झाउन आग्रह समेत गरेका थिए ।
कार्यक्रममा लालमटिया स्रोत केन्द्रका स्रोत व्यक्ति रामप्रसाद जैसी, सोही स्रोत केन्द्रका पूर्व स्रोत व्यक्ति शेषमणि शर्मा, शिक्षा तथा विकासप्रेमी नुमानन्द सुवेदी र रामजहदी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद श्रेष्ठ लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक टिका पोख्रेलले गरेका थिए ।
भेलाको बन्दसत्रले पुन ः श्यामलाल पोख्रेल कै अध्यक्षतामा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिती सर्व सम्मत चयन गरेको छ । जसको सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक मानबहादुर कुमाल, सदस्यहरुमा सिता पौडेल, इश्वरीप्रसाद कडेल, ओमबहादुर सारु, निमराज ज्ञवाली, नुमानन्द सुवेदी, गिरीराज पौडेल र शिक्षक प्रतिनिधि कमला पाण्डे रहेका छन् ।

त्यसैगरी भेलाले हुमप्रसाद आचार्यको संयोजकत्वमा ११ सदस्यीय नयाँ शिक्षक अभिभावक संघ चयन गरेको छ । जसको सदस्यहरुमा झगबहादुर कुमाल, टेकबहादुर रावत, उमा भट्टराई, विकास शर्मा, खिमा कुमाल, सिता विक, घमानसिंह रावत, शिक्षक प्रतिनिधि फर्सुराम आचार्य, पदेन सदस्यमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्यामलाल पोख्रेल र विद्यालयका प्रधानध्यापक मानबहादुर कुमाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक