२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फागुनको दोस्रो सातादेखि पश्चिमाञ्चल महिला महोत्सव हुने (भिडियो सहित)

२०७४, २३ पुष आईतवार ११:५६

पर्वत । फागुनको दोस्रो सातादेखि दशौ पश्चिमाञ्चल महिला महोत्सव शुरु हुने भएको छ । १०८ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर रेडियो दिदीबहिनीले फागुन १६ देखि २६ गतेसम्म दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको आठौ बार्षिक उत्सव मनाउन लागेको हो ।
आइतबार पर्वतमा आयोजना भएको पत्रकार सम्मेलनमा पूर्व सांसद एवं रेडियो दिदीबहिनीकी संचालिका कल्पना चापागाइ जोशीले उक्त जानकारी दिएकी हुन् ।

११ दिनसम्म संचालन हुने उक्त महोत्सव सम्पन्न गर्नको लागि ३५ लाख खर्च लाग्ने अनुमान रेडियोले गरेको छ । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, ¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोगले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमशः नगद १ लाख, ६० हजार र ४० हजार प्राप्त गर्नेछन् । त्यसैगरी ¥याली प्रतियोगितमा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश १८ हजार, १२ हजार र ८ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।

त्यस्तै रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने उक्त पत्रकार सम्मेलनमा रेडियोले जनाएको छ ।

कार्यक्रम अबधी भर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक