2026-09-18 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीका विद्यालय खुलाउन सर्वपक्षीय छलफल, वार्ता समिती गठन

सन्तोषकुमार गुप्ता, भदौ २२, भालुवाङ्ग / साउन २७ गते देखी देउखुरीका विद्यालय खुल्न नसकेपछी अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवाला निकायका विचमा सार्वजनिक छलफल गर्न थालीएको छ ।
थरुहट स्वायत्त प्रदेशको माग राख्दै गरिएको अनिश्चित कालीन आम हडतालको वढी प्रभाव देउखुरीका शैक्षिक संस्थामा परेको छ । नागरिक समाज देउखुरी, निजि विद्यालयहरुको साझा संगठन प्याब्सन दाङ, देउखुरी उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च लगाएको पहलमा देउखुरीमा विद्यालय खोल्ने विषयमा छलफल भएको हो ।

आन्दोलनको समयमा घोराही र तुलसीपुर क्षेत्रमा विद्यालय खोलीएपनि देउखुरी क्षेत्रमा एक दिन पनि विद्यालय खोल्न नसकीएपछी सर्वपक्षीय चासो वढेको हो । अधिकार प्राप्तीको लागी भैरहेको आन्दोलनमा विद्यार्थीहरुको पढ्न पाउने अधिकार वन्द, हड्तालले खोसेको भन्दै निर्वाध रुपमा शैक्षिक संस्था खोलीनुपर्ने र पठन पाठन गर्नकालागी सहज वातावरण वनाउन आग्रह गरिएको छ ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरेको अध्यक्षता एवम् नागरिक समाज देउखुरीका संयोजक निमबहादुर थापाको प्रमुखआतिथ्यमा सम्पन्न भेलाले नागरिक समाजका संयोजक निमबहादुर थापकै संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । गठित वार्ता टोलीले आज वन्द आयोजकहरु संग छलफल गरेर विद्यालय खोल्न सहज वातावरण वनाउन आग्रह गर्ने वताइएको छ । त्यसको सदस्यहरुमा संस्थागत प्रतिनिधित्व रहेको छ । देउखुरी उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, प्याब्सन दाङ, सामुदायीक विद्यालयका प्रतिनिधि, उपभोक्ता मञ्च, यातायात ब्यवसायी सदस्यको रुपमा छन् ।

छलफलमा प्याब्सनका केन्द्रिय सदस्य जिवन कुमार आचार्य, जिल्ला अध्यक्ष यादव गिरी, पूर्व अध्यक्ष शरद कुमार शर्मा, केशव थापा, नेकपा एमालेका क्षेत्रिय ईञ्चार्ज कुलबहादुर केसी, क्षेत्रिय अध्यक्ष रतन कुमार केसी, नेपाली काङग्रेसकी क्षेत्रिय सचिव गिरीजा न्यौपाने, नेकपा माओवादीका ओम प्रकास सुवेदी(सागर), वुद्धिजिवी जागेश्वर शर्मा घिमिरे लगाएतले विद्यालय सञ्चालनको सहज वातावरण वनाउन सरकार र आन्दोलनरथ पक्ष संग आग्रह गर्नु भएको थियो । वन्दका कारण यहाँका १ सय ३७ सरकारी र ५५ निजि विद्यालयमा अध्ययनरत २४ हजार विद्यार्थी स्कुल जान पाईरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई