2026-09-19 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ५ वटा सवारी साधन जुधे, एकको मृत्यु, ४ को अवस्था गम्भिर

पुस २४, नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेको ओरालोमा ५ वटा सवारीहरु एकापसमा जुद्दा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ ।

नवलपरासीको दाउन्नेबाट दुम्किवासतर्फ जाँदै गरेको लु३त ४५०० नम्बरको ट्याक्टरलाई ना४ख ६६९० नम्बर ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट अनियन्त्रित भएको सवारीसाधन एकापसमा थप ३ सवारीमा ठक्कर खान पुग्यो । ठक्कर खाने अन्य सवारीमा  ना३ख ५९३६ को ट्रक, लु३च ५३२२ नम्बरको जीप र ना६ख ५४२९ नम्बरको ट्रक परेका छन् । ट्रकको ठक्करमा परेको ट्रयाक्टरमा सवार ७ जना घाइते भएका छन् ।

दुर्घटनामा परि विनयी त्रिवेणी-२ निवासी ५० वर्षीया भगवती कार्कीको अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

दुर्घटनामा परेकाहरु सबै महिला छन् । उनीहरु घाँसदाउरा गरेर ट्रयाक्टरमा दम्किवासतर्फ र्फकदै गरेको अवस्थामा एक्कासी ट्रकको ठक्करमा परेका हुन्  । घाइते हुनेहरुमा विनयी त्रिवेणी-२ ज्यामिरे निवासी ४५ वर्षीय उदय रोकाय, ४० वर्षीया मीना रोकाय, ५० वर्षीय विष्णु रेग्मी, ४० वर्षीया ज्ञानु तामाङ्ग, ५५ वर्षीया यशोदा ढकाल, ४५ वर्षीया तुलसी परियार र ३८ वर्षीया जितकुमार पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो