१० माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा राती १२ बजेपछि दङ्गाग्रस्त क्षेत्र घोषणा फिर्ता हुने

२२ भाद्र २०७२, मंगलवार ०८:०४

सन्तोषकुमार गुप्ता/भदौ २२, दाङ । दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको समयावधी आज देखि सकिदैछ । जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले राति १२ बजेदेखि दङ्गाग्रस्त क्षेत्र घोषणा हटाउने निर्णय गरेको हो ।

साथै बैठकले सो निर्णयपछि सुरक्षा चुनौती सम्बोधन गर्न सबै सुरक्षा अंगहरुलाई संवेदनशिल स्थानहरुको सुक्ष्म निग्राणी गर्न र उच्च सुरक्षा सर्तकता २४ सै घण्टा कायम राख्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा कृष्णकुमार शर्माले जानकारी दिनुभएको छ ।

कैलालीको टीकापुर घटनापछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्रको समयावधी आज सकिन लागेको हो । सीमाङ्कनको बिरोधमा कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको आन्दोलनका क्रममा नेपाल प्रहरीका एस.एस.पी. सहित ८ जना र एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले भदौ ७ गते साँझ देखि लागु हुने गरी आजसम्मका लागि दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारसम्बन्धीका कानून परिमार्जन गरिन्छ : श्रममन्त्री भण्डारी ट्रम्पको घोषणाविरूद्ध पानामाले दियो राष्ट्र संघमा उजुरी रविको थुनछेक बहस: थुनछेकको औचित्य नभएको भन्दै सरकारी वकिल र श्रीमानबीच नोकझोक महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा ‘स्प्रिङ फेस्टिबल’ गर्ने अनुमति रविलाई प्रहरीको सट्टा परिवारको जिम्मा लगाएको भन्दै इजलासमा उठ्यो प्रश्न १२० नेपालीलाई डिपोर्ट गर्दै पोर्चुगल ! सप्तरीमा १५ वर्षीया किशोरीको बलात्कार, प्रतिकार गर्ने क्रममा किशोरीको हात भाँचियो स्याङ्जामा भेटिएको सेनाद्वारा बम डिस्पोज भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए मलेसियाको ‘मस्ट वान्टेड’को सूचीमा दुई नेपाली कामदार क्यानडामा एक नेपाली छात्रामाथि सामूहिक बलात्कार रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ कपिल शर्मा, राजपाल यादव र रेमो डिसुजालाई ज्यान मार्ने धम्की बुधवार सन्दीपले गराए शल्यक्रिया, केही दिन अस्पतालमै बस्नुपर्ने एनआरएनएको एकता महाधिवेशन मे ३ देखि ५ सम्म काठमाडौंमा हुने (कार्यविधि सहित) रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी भारतको महाराष्ट्रमा रेलले किच्दा ४ नेपालीको मृत्यु (अपडेट) भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो भने ३ नेपालीको सनाखत च्याम्पियन्स लिग : रेडबुल साल्जबर्गविरुद्ध रियलको सानदार जित