२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चिसोका कारण सिरहामा थप दुईको मृत्यु

२०७४, २५ पुष मंगलवार १४:४०

पुस २५, लहान । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । 

अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर आज सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरका ४१ वर्षीया माकोदेवी पासवानको मृत्यु भएको हो । अति विपन्न पासवानको कठ्याङ्ग्रिएर आफ्नै घरमा मृत्यु भएको स्थानीयवासी तथा सीतापुर गाविसका पूर्वअध्यक्ष देवनारायण साहले जानकारी दिनुभयो । 

यस्तै अत्यधिक चिसोको कारण हिजो साँझ कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी ५ वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियोे । चिसोको कारण निमोनियाले थलिएकी काजललाई उपचारका लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् । 

यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि गत आइतबार गोलबजार नगारपालिका–४ का शम्भु साहको ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुरका ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७ कसहाका ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो । 

श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित महतोको चिसोका कारण मृत्यु भएको स्थानीयवासीले बताएका छन् । 

अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अस्पतालमा रुघा खोकी, ज्वरो, कोल्ड डायरिया लगायतका बिरामी बढेका छन् । 

यसैबीच सिरहाको कर्जन्हा नगरपालिकाले आज वडा नं ६ र ७ का १२० विपन्न गरिब घरपरिवारलाई कम्बल वितरण गरेको छ । वडा नं ६ का ७० र वडा नं ७ का ५० अति विपन्न परिवारलाई कम्बल वितरण गरेको नगरपालिकाका प्रमुख गंगा पासवानले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी