2026-09-12 09:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाका शीतलहर पीडितलाई पोखरेलीको राहत

पुस २६, पोखरा । असहाय तथा विपन्न वर्गका बालबालिकाको सहयोगमा पोखरामा क्रियाशील रेन्बो चिल्ड्रेन होम, नेपालले सिराहा जिल्लाको गोलबजार नगरपालिका–४ चन्द्रज्ञलालपुरमा शीतलहर पीडितलाई न्यानो कपडा राहत वितरण गरेको छ । 

उक्त क्षेत्रका मुसहर समुदायका बालबालिका, महिला एवं पुरुषसहित करिब १५० जना शीतलहरले पीडित व्यक्तिलाई मंगलबार न्यानोका लागि राहत वितरण गरिएको रेन्बो चिल्ड्रेन होमका निर्देशक गोमा ढकालले जानकारी दिनुभयो । 

राहत सामग्रीमा कम्बल, ज्याकेट, टोपी, ट्राउजर, मोजा, जुत्ता, चप्पल, गलबन्दी, म्याट्रेस, स्विटरलगायत न्यानो कपडा रहेको बताउँदै उहाँले उक्त क्षेत्रमा पुग्दा त्यहाँको मुसहर बस्तीमा व्यवस्थित घर नरहेको र उनीहरू चिसो भुइँमा पराल ओछ्याएर बस्न बाध्य रहेको पाइएको उल्लेख गर्नुभयो । 

“अत्यधिक गरिबीका कारण उनीहरूसँग न्यानो कपडा नभएको र बालबालिका नाङ्गै खुट्टाले हिँड्ने भएकाले चिसोको कारण बिरामी पर्ने गरेको पायौँ,” – ढकालले भन्नुभयो । 

रोट्रयाक्ट क्लब अफ मणिपाल कलेज अफ मेडिकल साइन्सेजले कपडा संकलनमा सहयोग गरेको थियो । उक्त राहत वितरणमा अन्दाजी रु पाँच लाख बराबरका सामग्री प्रदान गरिएको थियो । 

न्यानो राहत वितरण कार्यक्रममा गोलबजार नगरपालिका प्रमुख देवनाथ शाह, प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, वडाध्यक्षहरू, वडादस्यहरू, प्रहरी प्रशासन र स्थानीय समाजसेवीको रोहबरमा न्यानो राहत वितरण गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन