Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नुवाकोटमा तीनजना फरार अभियुक्त ३३ वर्षपछि पक्राउ

By kit

पुस २६, नुवाकोट । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तीनजना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका शिवपुरी गाउँपालिका–८ का लालवहादुर तामाङ, कामी तामाङ र काले तामाङलाई पक्राउ गरी आज नुवाकोट जिल्ला अदालत बुझाइएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तवहादुर कुँवरले जानकारी दिनुभयो ।

कर्तव्य ज्यान मुद्दामा नुवाकोट अदालतबाट २०४१ साल असार ६ गते उनीहरुमाथि कैदको फैसला भएको थियो । अदालतले लालबहादुरलाई १८ महिना तथा कामी र काले तामाङलाई छ/छ महिना कैदको सजाय तोकेको थियो ।

अदालतले तीनैजनालाई आजै कैद भुक्तानका लागि नुवाकोट जिल्ला कारागार चलान गरेको छ । रासस