2026-09-03 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

मुड्केचुलामा भिषण आगलागि सात घर जलेर नष्ट, सांसदद्धारा तत्काल राहत दिने घोषणा

टेक शाही | पुस २६, डोल्पा | मुड्केचुला गाउपालीका बडा नं ९ होर्तमा बुधबार दिउसो आगालागी हुदा ७ घर जलेर खरानी भएका छन । दिउसो एक्कासी घरमा आगो लागे पछि लाखौको क्षेति भएको स्थानिय तथा सोही बडाका अडा अध्यक्ष जय प्रशादबुदाले बताए । 

आगलागिबाट घर जलेर नष्ट हुनेमा मुड्केचुला वडा नं ९ होर्तका नैन सिंह बुढा , दत्त बुढा , मसन्ती बुढा , कर्ण गीरी बुढा सोही बडाका पुर्ण बुढाको घर पुर्ण रुपमाआगोले जलेर नष्ट भएका छन र त्यसै गरि अहिले पनि आगो नियन्त्रण हुन सकेको छैन । 

आगो नियन्त्रणमा ल्याउन नसकदा सोहि बडाका बिसे बुाढा , सुर्य बहादुर बुढा , पिपला बुढा , रामबहादुर बुढा र पुम्फा बुढाको घरहरु जल्दै गरेको स्थानियले जानकारि दिएका छन  । 

आगलागीबाट दर्जनौ घरहरुमा क्षेति पुगेको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट घर गुमाएका परिवारलाइ तत्तकाल ब्यक्ति गत राहात उपलब्ध गराउने प्रदेश सांसद बिर बहादुर शाहीले घोषणा गरेका छन । सांसद शाहीका अनुसार सबै मिलेर आगो नियन्त्रण गर्न र क्षेतिको बिवरण तत्तकाल निकाल्न जनप्रतिनिधिलाइ आग्रह गरेका छन ।  

आगो नियन्त्रणको लागी प्रहरी चौकी सर्मीका सुरक्षाकर्मीहरु , मुड्केचुला वडा नं ७ सर्मी बडा नं ८ ओक्टका स्थनिय बासिन्दाहरुले  एक करोड भन्दा बढीको क्षति भएको हुन सक्ने वडा अध्यक्ष जय प्रसाद बुढाले जानकारि दिए । 

सुख्खा मौसम र खडेरिको कारण आगलागि भएको अनुमान गरिएको छ । आगलागिबाट यकिन कति क्षेति भएको आधिकारीक बिवरण भने आउन बाकी रहेको र हाल तत्काल प्रहरी उद्धारको लागी पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव निरीक्षक यम बहादुर मल्लले जानकारी दिए । 

गाउ भित्र नै आगो लागे पछि कसरी आगलागी भयो भन्ने कुराको पुष्टि भने भएको छैन । गाउ र घरहरुको नजिकै घास दाउरा र खरहरु रखिएकोले आगो नियन्त्रणमा ल्याउन नसकेको स्थानीयहरुले बताएका छन । 

आगलागी सुरुमा नैन सिह बुढाको घर देखीएक्कासी ठुलो आगो देखिए पछी आगो नियन्त्रणको लागी स्थानिय बासिन्दहरुले छिमेकी र सरक्षाकर्मीहरुलाइ खबर गर्दा पनी आहिले सम्मआगो नियन्त्रण गर्न सकेका छैनन । 

यो आगलागी बाट होर्त गाउमा ठुलो क्षतिभएकोले जिल्लामा रहेका सरोकारवाला नियकाय र सहयोगी संघ संस्थाहरुलाई तत्काल घर जलेर पुर्ण रुपमा बिस्तापित भएका घर परिबारलाई सहयोग गरी पुर्ण स्थापनाको लागीपहल गरी दिनको लागी सबै सरोकारवाला निकाया सबैलाई बडा अध्यक्षजय प्रशाद बुढाले आग्रहगनुभएको छ । त्येस्तै त्रिपुरा सुन्दरी नगरपालीकाअन्तरगत पहाडामा पनी घरहरु जलेको अपुष्ट खबर आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही