Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्लाहीमा चिसोबाट मृत्यु हुनेको संख्या तीन पुग्यो, दुईजनाको सुतेकै ठाउँमा मृत्यु

By kit 2 मिनेट पढाइ

पुस २७, सर्लाही । चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा दुईजनाको ज्यान गएको छ ।

बसबरिया गाँउपालिका–१ मानपुरकी ६५ वर्षकी सीयादेवी यादव र चक्रघट्टा गाँउपालिका–४ सुन्दरपुरका ६२ वर्षका महमद हुसेन रहेको चिसोका कारण ज्यान गएको हो ।

दुवैजनाको बुधबार राति सुतेकै ठाउँमा चिसोले कठ्याग्रिंएर ज्यान गरेको स्थानीय बासिन्दाले बताएका छन् । दुवैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मंलगवामा ल्याइएको प्रहरीले जानएको छ ।

बुधबार पनि चिसोले कठ्याग्रिंएर ब्रम्हपुरी–६ नोकेल्वाका ५ वर्षे  बालक होरिल माझी मुसहरको ज्यान गएको थियो । योसँगै सर्लाहीमा चिसोले कठ्याग्रिंएर ज्यान जानेको संख्या तीन पुगेको छ ।