Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अंग्रेजी माध्यम र खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी बढे

२०७४, २७ पुष बिहीबार ०७:५५

अंग्रेजी माध्यम र खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी बढे


लक्ष्मीप्रसाद सापकोटा | पुस २७, पर्वत(रासस) | कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको सार्वजनिक माविमा २०६१ देखि ०७२÷७३ को शैक्षिक सत्रसम्म विद्यार्थी संख्या ३ गुणा घट्यो । 

२०६१÷६२ मा ५०० को हाराहारीमा रहेका विद्यार्थी वर्षेनी घट्ने क्रम नरोकिँदा ०७३ सम्म आइपुग्दा १४४ मा झ¥यो । ०५३ मा माविको स्थायी अनुमति पाए पनि विद्यार्थी संख्याकै कारण मर्ज हुने स्थितिसम्म आएपछि शिक्षक र अभिभावक चिन्तित हुन थाले । विद्यालयलाई विद्यार्थी संख्या बढाउन शिक्षा कार्यालयले चुनौती नै दियो । त्यसका लागि १ वर्षको समय थियो । 

शिक्षक र अभिभावकले जुक्ति निकाले । विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने । आगामी सत्रदेखि प्रावि तहमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने । विद्यालयसँग आर्थिक स्रोत नभएपछि ०७३ को तिहारमा गाउँभरि भैलो खेलेर साढे रु चार लाख जुट्यो । त्यही रकमबाट प्राथमिक तहका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउन थालियो । तर, अंग्रेजी माध्यमको शिक्षा सोही सत्रमा सम्भव भएन । 

मंसिरदेखि शुरु भएको खाजा कार्यक्रमले वैशाखसम्म विद्यालय समयमा कक्षा छाड्ने विद्यार्थी संख्या शून्यमा झ¥यो । शिक्षकले अठोट गरेको अंग्रेजी माध्यम वैशाखमा शुरु भयो । त्यतिले मात्रै पुगेन । 

शिक्षक–अभिभावकको बैठकले केही बाध्यकारी नियम पनि बनायो । व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकका छोराछोरी अनिवार्य सोही विद्यालयमै पढाउनुपर्ने, शिक्षकले तोकिएको पोशाक लगाउनैपर्ने, शिक्षक डायरी, निरन्तर मूल्यांकन लगायत ९ बुँदाको नियम बनायो । 

सबै बुँदा अक्षरशः पालना पनि गरे । “बोर्डिङ टपेकी छोरी केशव सरले यहीँ ल्याउनुभयो”, व्यवस्थापन समितिका अध्यक्ष सरोज वैरागीले भन्नुभयो, “त्यो कुरा सबैका लागि प्रेरणा बन्यो ।” व्यवस्थापन समिति र शिक्षकले एक महिना भर्ना कार्यक्रम सञ्चालन गरे । त्यस अवसरमा ७२ नयाँ विद्यार्थी आए । तीमध्ये ४४ निजी स्कुलबाट आएका थिए । 

आफ्नै प्रयासले बढेको विद्यार्थी संख्या देखेर अहिले शिक्षक–अभिभावक दंग छन् । “इच्छाशक्ति र लगनशीलता भए सफल हुन कठिन रहेनछ”, विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले भन्नुभयो, “यो एक वर्षमा अभिभावकको साथ र हाम्रो लगनशीलताले खुशी भएका छौँ ।” 

विद्यालयले थालेको खाजा कार्यक्रमले प्राथमिक तहका विद्यार्थी नियमित मात्रै नभई शैक्षिक मूल्यांकनमा पनि राम्रो नतिजा आएको शिक्षक बताउँछन् । त्यो सँगै नयाँ भर्नाको चाप पनि बढेको छ । अघिल्लो वर्ष १४४ भर्ना भएकामध्ये मुस्किलले १०० को हाराहारीमा आउने विद्यार्थी संख्या अहिले १७६ पुगेको छ । 

अंग्रेजी माध्यममा स्तरोन्नति गरेपछि विद्यालयले निजी विद्यालयसरह बालकक्षाका अलावा केजी कक्षा पनि सञ्चालन गरेको छ । प्राथमिक तहमै अघिल्लो वर्षको भन्दा ३३ प्रतिशत विद्यार्थी बढेका छन् । “अघिल्लो वर्ष प्राविमा ५० मात्रै भर्ना भएका थिए”, शिक्षक केशव तिवारीले भन्नुभयो, “अहिले नियमित आउने ६७ पुगे ।” दिवा खाजाका कारण उपल्लोभन्दा तल्लो कक्षाका विद्यार्थीको नियमितता बढिरहेको उहाँले बताउनुभयो । 

चालु शैक्षिक सत्रको हालसम्मको उपलब्धि अन्य निजी विद्यालयसँगको प्रतिस्पर्धीको हाराहारी पुग्न लागेको वार्षिकोत्सवमा शिक्षकले समीक्षा गरे । चालु सत्रदेखि विद्यालयमा विद्युतीय हाजिरी, शिक्षकको दैनिक डायरी, दैनिक विद्यार्थी मूल्यांकन अनिवार्य गरिएको छ । कमजोर देखिएको गणित विषयलाई प्राथमिकतामा राखेर अतिरिक्त कक्षा पनि चलाइएको छ । 

आगामी सत्रदेखि स्रोत जुटाएर खाजा कार्यक्रम सबै विद्यार्थीसम्म पु¥याउने लक्ष्य शिक्षकको छ । त्यसमा साथदिन अभिभावक तयार छन् । “शैक्षिक उपलब्धिका हरेक पक्षमा सहयोग गर्न हामी तयार छौँ । तर, पहिलो प्रयास शिक्षकबाट हुनुप¥यो”, अभिभावक मधु पौडेलले भन्नुभयो । 

कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले शैक्षिक व्यवस्थापनको जिम्मा नगरपालिकामै आएकाले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । विद्यालयले आगामी पाँच वर्षभित्र विद्यार्थी संख्या हजार पु¥याउने लक्ष्य राखेको छ । 

––– 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली