Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ पुष २७ गते, दिउँसो २:२५ बजे पर्बत - PBT, समाज

नून र खुनका कुरा गर्दै राप्रपा पर्वतले मनायो बडामहाराजा पृथ्वीको २९६ औं जन्मजयन्ती (भिडियो सहित)

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ ।

पृथ्वी जयन्तीको अबसरमा राप्रपा नेपालले एक कार्यक्रमको आयोजना गरी बडामहाराजा पृथ्वीनारायाण् शाहको सझना गरेको हो । २९६ औ जन्मजयन्तीको अबसरमा राप्रपा पर्वतले शिवालय माविमा रहेको दृष्टिविहिन श्रोत केन्द्रका बालबालिकाहरुलाई रेडियो उपहार प्रदान गर्दे दिवस मनाएको हो ।

उक्त कार्यक्रमका अबसरमा राप्रपाका जिल्ला उपाध्यक्ष प्रकाश पौडेलले बडामहाराजा शाहको जन्मजयन्ती लामो समयपछि देशव्यापी रुपमा मनाउनमा पाएकोमा खुसि व्यक्ति गरे । नेपालको एकिकरण गरी एउटै राज्य बनाएका शाहको राज्यले विगतका बर्षमा अबमुल्यन गरेता पनि यो बर्ष भने सम्मानका साथ दिवस मनाएकोमा खुसी व्यक्ति गरे ।

कार्यक्रममा राप्रपाका ठाकुर बम मल्ल, गंगाबहादुर दमाइ, दृष्टिविहिन श्रोत केन्द्रका शिक्षक हरिदत्त शर्मा लगायतले बोलेका थिए । राष्ट्रिय एकता दिवसको रुपमा राज्यले पृथ्वी जयन्ती मनाउने निर्णय गरेसँगै देशभर पृथ्वी जयन्ती मनाइएको थियो ।

विहीवार राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीको शालिकमा माल्यार्पण गर्न पुग्दा सेनाको टुकडी सलामीसमेत अर्पण गर्यो । गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको पनि यो पहिलोपटक हो ।

नेपाल एकीकरणपछि शाहबंशीय राजतन्त्रका संस्थापक बडामहाराजाधिराजका नामले इतिहासमा चर्चित पृथ्वीनारायण शाहको जन्मदिनलाई राज्यले नै एकता दिवसका रुपमा पुनः मनाउन थालेको हो । सो अवसरमा प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्री लगायत सर्वसाधारणले समेत पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए ।

गणतन्त्रपछि मनाउन छाडिएको राष्ट्रिय एकता दिवस यसवर्षबाट पुनः मनाउने निर्णय देउवा सरकारले चुनावअघि गरेको थियो । नेपाली सेनाले पृथ्वीनारायण शाहलाई आफ्नो फौजको संस्थापकका रुपमा सम्मान गर्दै आएको छ । सेनाका ब्यारेकहरुमा पृथ्वीनारायण शाहका दिब्योपदेशहरु लेखिएका छन् ।

विगतमा माओवादी नेता रामवहादुर थापा बादल रक्षामन्त्री हुँदा ब्यारेकबाट पृथ्वीनारायणको फोटो र दिब्योपदेश हटाउन निर्देशन दिए पनि तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले अश्वीकार गरेका थिए ।