2026-08-29 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा राष्ट्रिय लगानी सम्मेलनको तयारी

नन्दराम जैशी/पुस २७, जुम्ला । कर्णालीमा थुप्रै सम्भावनाका बिच पनि प्रयाप्त अर्थ अभावका कारण विकासले गति लिन सकेको छैन । 

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायले दिने सहयोगको दुरुपयोग, सरकारले विनियोजित गर्ने अप्रयाप्त बार्षिक बजेट र स्रोत साधनको सहि पहिचान तथा परिचालन नभएकाले कर्णालीको विकासले खासै काँचुली फेर्न सकेको छैन् । विकेन्दीकरण विकास पद्धतीले पछि परेको कर्णालीमा अझै लगानीकर्ताको खाँचो छ । अर्थ अभावले कर्णालीमा भएका बहुमुल्य जडिबुटीको प्रशोधन, पर्यटन क्षेत्रको संरक्षण तथा सम्बद्र्धन हुन सकेको छैन ।

आर्थिक समृद्धीनै देश विकासको मुल आधार भएको भन्दै जुम्लाको विकासका लागी राष्ट्रिय लगानी सम्मेलन महत्वपुर्ण हुने नागरिक समाज जुम्लाका सचिब सरोज शाहिले बताए । सोहि अनुसार कर्णालीमा आर्थिक भित्राउन तथा जुम्लाको समुचित विकासका लागि आउदो जेठ महिनामा जुम्लामा राष्ट्रिय लगानी सम्मेलन गर्ने तिब्र तयारी भईरहेको छ । सम्मेलनको जिम्मेवारी कर्णालीको पहिलो चन्दननाथ नगरपालिकाले लिने भएको हो । 

चन्दननाथ नगरपालीकाकी मेयर कान्तिका सेजुवाल भनिन्, ‘जुम्लामा हुने राष्ट्रिय लगानी सम्मेलनको तयारी तिब्र पारीएको छ । काठमान्डौका विभिन्न मन्त्रालय, उद्योग ब्यवसायी, व्यापारीहरु, विज्ञ ब्यक्तिहरुसँगको छलफल तथा परामर्श जारी छ’ । सम्मेलनमा देश, विदेशका झण्डै ५ सय बढि लगानी कर्ता भित्राउने उद्देश्य आयोजक संस्था नगरपालीकाले लिएको छ । सो अनुसार अहिले राष्ट्यि तथा अन्तराष्ट्रिय स्तरका लगानी कर्ताहरुलाई निम्तो दिने काम भैरहेको छ ।

सम्मेलनपछि मुत्यूमार्गको उपमा पाएको कर्णाली राजमार्गलाई २ लेनको बनाउने, कर्णालीको विद्युत, खोनपानी, स्वास्थ्य, शिक्षा, पर्यटनको समुचित विकास र प्रबद्र्धन गर्ने, बहुमुल्य जडिबुटीको संरक्षण र प्रशोधन गर्ने लगाएतका अपेक्षा राखिएको छ । 

कर्णालीका थुप्रै सम्भावनालाई विकास गर्न लगानी कर्ताको कमी नहुने भन्दै पुर्व तयारी स्वरुप लगानीकर्ताको सुरक्षा व्यवस्था देखि बस्ने खाने सबैको व्यवस्थाका बारेमा अहिलेबाटै तयारी गर्न नगरपालिकाका कर्मचारी लागी परेका छन् ।

कर्णालीका विद्यमान समस्या समधानका लागि आगामी जेठमा हुने सम्मेलनले निकै राहात गर्ने समेत विश्वास गरिएको छ । भने जुम्लामा रहेका झण्डै १ हजार बढि उद्योगी व्यापारीहरुलाई लगानीका लागि अनुरोध गर्ने कार्यक्रम रहेको जुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए । उनले भने,  ‘सरकाले सुगम गाँउपालीकाको भन्दा जुम्लामा कम बजेट विनियोजन गर्ने गरेको छ’ । 

बजेट विनियोजनमा असमानता र समयमा अवश्यक कार्य्विधि, ऐन कानुन बन्न नसकेकोले तत्काल कृषि, पशुपन्छी तथा जडिबुडीको विकासका लागि सरकारले प्रयाप्त बजेट बिनियोजित गर्न सकेको छैन । 

जुम्लाको चन्दननाथ नगरपालीकामा लगानी सम्मेलन गर्ने बारेमा गत कार्तिक ४ गते राजधानीमा आर्थिक पत्रकार समाज तथा मेयर कान्तिका सेजुवालबिच छलफल भएको थियो ।          

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता