2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा १२ हजार पेट्रोलियम पदार्थ भित्रियोे

सन्तोषकुमार गुप्ता, असोज १५, देउखुरी / देउखुरीमा बिहिबार राती १२ हजार लिटर पेट्रोलियम पदार्थ भित्रिएको छ । देउखुरीका चार विभिन्न पेट्रोल पम्पमा ९ हजार लिटर डिजल र तीन हजार लिटर पेट्रोल भित्रिएको नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका केन्द्रिय सदस्य लिलाराम खनालले जानकारी दिए ।

petrol
देउखुरी भित्रिएका पेट्रोलीयम पदार्थ वितरण सुरु भैसकेको छ । पम्पहरुमा पेट्रोल र डिजल भर्न लाईन लागेको छ । मोटरसाईकललाई तीन सय रुपैयाँको दरले पेट्रोल वितरण गरिएको छ भने डिजल गाडी हेरेर १० देिख १५ लिटर डिजल सम्म दिइएको छ । सतवरियाको त्रिशुलधारी, पाखापानीको अम्विकेश्वरी, सोही ठाउँको पवित्रा आयल स्टोरमा तीन हजारका दरले ९ हजार लिटर डिजल भित्रिएको हो । त्यसैगरी सुन्डवरीको मिरमिरे पम्पमा तीन हजार लिटर पेट्रोल भित्रिएको छ ।

भारतले अघोषित नाका वन्दी गरेपछि अहिले चरम ईन्धन अभावको समस्या भोग्नु परेको छ । मानिसले एक लिटर पेट्रोलको लागि घण्टौं लाईन वस्नु परेको छ । गाउँ घरमा आलु रोप्ने, तोरी छर्ने र धान दाउने सिजन सुरु भएपनि पेट्रोलियम पदार्थको अभाव हुँदा किसान वढी समस्यामा परेका छन् । खाली जर्किन लिएर पम्प अगाडी किसानहरुको लाईन लाग्न थालेको छ ।

सिमित रुपमा पेट्रोलियम पदार्थ आयात भएपनि मानिसहरुले आवश्यक्ता भन्दा वढी सञ्चय गर्ने गरेका छन् । दुई लिटर पेट्रोल आवश्यक्ता पर्नेले पनि नाका वन्दीको डरले दश लिटर सम्म सञ्चय गरेर राखेका कारण थप अभाव सृजना भएको हो । यसैबीच आयत्ती पेट्रोलियम पदार्थलाई सबै मितव्यिता अपनाउन स्थानिय प्रशासनले सबैमा आग्रह गरेको छ । कसैले पनि आवश्यकता भन्दा बढी पेट्रोलियम पदार्थ सञ्चय नगर्न प्रशासनले सबैमा आग्रह समेत गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते