नुवाकोटमा २८ हल गोरु जुधाइँदै

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

पुस २८, नुवाकोट । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ ।

तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन् ।

तारुकेश्वर–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले गोरु जुधाइ मेला सञ्चालनको तयारी पूरा भएको बताउनुभयो । उहाँका अनुसार मेलामा सहभागी हुन सवारी साधन लिएर पुग्नेका लागि साधन पार्किङस्थलको निर्माण, शौचालय, गोरु जुधाइ जात्रामा सहभागी हुनेका लागि सहज रूपमा पिउने पानीको व्यवस्था र सस्तो मूल्यमा खाजा तथा खानाको उपलब्धता, जात्रा हेर्न तारुकाघाटबाट जाने सडकमा ट्याङ्करमार्फत पानी छ्यापेर धुलोमुक्त सडक बनाउने व्यवस्था मिलाइएको छ ।

गोरु जुधाई मेलाको दिन माघ १ गते अवलोकनकर्तालाई गोरु जुध्ने स्थान चन्दनीसम्म जान सहज बनाउन गल्छी–देवीघाट सडकखण्ड दैनिक आठ घण्टा बन्द हुँदै आएकोमा त्यो दिन भने दिनभर नै खुला गराउन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले सहमति दिएको वडाअध्यक्ष आलेमगरले जानकारी दिनुभयो । मेलामा विजेता गोरु धनीलाई रु पाँच हजार र प्रमाणपत्र तथा उपविजेतालाई रु तीन हजार पुरस्कार तोकिएको छ ।

तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्पराबाट २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।

यस्तै, नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा पनि गोरु जुधाउने तयारी पूरा भएको छ । यो वर्ष गोरु जुधाउनका लागि १० हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिनुभयो । रासस

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply