2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरी क्षेत्रमा यातायात सेवा ठप्प

सन्तोषकुमार गुप्ता/ असोज १६, देउखुरी ।  थरुहट स्वायत्त प्रदेशको माग गर्दै आएको थारुहरुको जातिय संगठनले जारी राखेको बन्दले देउखुरी क्षेत्रमा यातायात सेवा ठप्प छ । साउन २७ गते देखी थरुहट(थारुवान संयुक्त संघर्ष समितिले आह्वान गर्दै आएको बन्दका कारण देउखुरी क्षेत्रमा गाडि चल्न सकेका छैनन् ।
deukhuri dang district

एक महिना सम्म सबै क्षेत्र बन्द गर्दै आएको बन्दकर्ताहरुले पछिल्लो केही दिन देखी राजमार्गमा गाडि सञ्चालनमा रोक लगाएको छ । नयाँ संबिधानमा आफुहरुको अधिकार स्थापित हुन नसकेको र राज्य पूर्नःसरचना गर्दा चितवन देखी कन्चनपुर सम्मको थारु बहुल क्षेत्रलाई थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग गर्दै संघर्ष समितिले बन्द आह्वान गर्दै आएको छ । बन्दका कारण देउखुरी क्षेत्रमा गाडिहरु चल्न सकेका छैनन् । फाट्ट फुट्टरुपमा चलेका सवारीका साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य तर्फ पठाउदै आएको छ । गाडी नचल्दा काम बिषेशले हिडेका यात्रुहरुलाई समस्या हुने गरेको छ । देउखुरीको पूर्वपश्चिम राजमार्गका बिभिन्न स्थानमा बन्दकर्ताहरु सडकमा बसेको प्रहरीले जानकारी दिएको छ ।

यसैविच पूर्व पश्चिम राजमार्गको दाङ खण्डमा रोकिएका २ सय बढि सवारीका साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तब्य तर्फ पठाएको छ । बिहिबार बेलुकी ७ बजेदेखि राती १ बजेसम्म ३ पटक गरी २ सय २४ सवारीका साधनलाई स्कर्टिङ गरी गन्तब्यमा पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । शनिबार राजमार्गमा गाडिहरु कम चलेपनि केही मात्रामा गाडि चलिरहेको उनले बताए । थरुहटको आन्दोलन भन्दा पनि पेट्रोलियम पदार्थको अभावका कारण गाडिहरु कम चलेको उहाँको भनाई छ । हिजो पनि प्रहरीले राजमार्गमा रोकिएर रहेका २ सय ५० गाडि स्कर्टिङ गरी गन्तब्यमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते