2026-09-03 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पहिलोपटक आङ खस्ने महिलाहरुको पहिचान गरिँदै

टेक शाही/पुस २८, डोल्पा । डोल्पा जिल्लामा पहिलो पटक आङ खस्ने महिलाहरुको पहिचान गरिदै छ ।

दुर्गम तथा हिमाली जिल्लाको महिलाको आङ खस्ने समस्या बढ्दो क्रममा हुन सक्ने भन्दै वातावरणीय कृषि तथा बिकास केन्द्र(केड)ले तथ्याङ्क संलन गर्न लागेकोे छ । 

महिलाहरुको आङ खस्ने सम्बन्धी अन्तरक्रीया कार्यक्रममा महिला शसक्तीकरण केन्द्र डोल्पाले डोल्पामा २० प्रतिशत महिलाहरु आङ खस्ने रोगबाट ग्रसित रहेको तथ्याक सार्वजनीक गरेको हो । 

साविकको ५ वटा गाविसहरु त्रिपूराकोट, ल्हां, सुँ,शहरतारा, जुफाल र दुनैका करिव २ सय ५० घरधुरीमा सर्वेक्षण गर्दा २० प्रतिशत महिलाहरु आङ खस्ने रोगबाट पिडित रहेको महिला शसक्तीकरण केन्द्र डोल्पाकी कोषाध्यक्ष काली चलाउनेले बताइन । 

वातावरणीय कृषि तथा बिकास केन्द्र(केड)ले आर्थिक सहयोग गरि स्थानीय संस्थाहरुसंग मिलेर काम गर्ने केड डोल्पाका संयोजक उमाकन्त भुषालले जानकारि दिए । उनका अनुसार महिलाको सवालमा महिला शसक्तीकरण केन्द्र डोल्पाले तिव्र रुपमा काम गरेको बताए । उनले भने जोडीदार सामाजीक सहजकर्ता पनि भएकोले महिलाको आङ खस्ने रोगको पहिचान गर्न सहज हुने बताए । 

महिला शसक्तीकरण केन्द्रबाट जोडीदार सहजकर्ता राखिएको छ उनिहरुले आङ खस्ने रोग भएका महिलाहरुको पहिचान गर्ने काम गर्दछन कोषाध्यक्ष कालि चलाउनेले भनिन । उनका अनुसार जाडीदार महिला छन महिनाको ५ दिन प्रति दिन ८ सयका दरले पारिश्रमिक दिने र उनिहरुले महिलाहरुलाइ सुसुचित गर्ने पनि बताइन । 

घरघरमा गएर महिलाहरुलाइ उनका समस्याहरु बारे जानकारि लिन कठिन हुने जोडी सहजकर्ता एलिना बिश्वकर्माले बताइन । उनले भनिन अबत सजिलो हुदै गएको छ दाउरा,मेलापात,चाडवाडमा एक्लै हुदा भन्ने गर्दछन समाजमा भन्न लाज मान्ने गरेको बताइन । 

हिमाली जिल्ला र शिक्षाको कमिको कारण पनि डोल्पाका महिलाहरुमा आङ खस्ने रोगको समस्या धेरै भएको अर्कि जोडी सहजकर्ता धनचन्द्रा सार्कीले अनुभब सुनाइन । उनी भन्छीन पौष्टिक आहार पनि छैन काम नगरि सुख छैन बाध्यता रहेको छ । पहिले पहिले महिलाहरु लाज मान्ने गर्थिन अब त सजिलै भन्न सक्ने भइ सकेकीले आङ खस्ने रोग सम्बन्धी जानकारी दिन सहज भएको बताइन । 

डोल्पा जिल्लामा पहिलो पटक महिलाहरुको स्वास्थयलाइ मध्यनजर गरि आङ खस्ने रोग सम्बन्धी खोजमुलक काम गर्न लागेको केड डोल्पाका लिला टमट्टाले जानकारि दिए । उनका अनुसार जिल्ला स्वास्थ्यसँग सहकार्य गरेर काम गरेको र सूरुवातीमा रहेका छौ जिल्लामा यस्ता रोगबाट ग्रसित महिलाहरुको संख्या धेरै नै हुने बताए । पहिचान पछि चेकजाच गरिने र तराइका जिल्लामा निःशुल्क उपचार गरिने पनि बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही