2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सवारी इन्धनको चरम अभाब

dang 5
सन्तोषकुमार गुप्ता/ असोज १६, देउखुरी ।  
एक हप्ता देखी नेपाल भारतको नाकाबन्द हुदा दाङमा पेट्रोलिम पदार्थको चरम अभाब भएको छ । मधेसी दलहरुको घोषित नाकाबन्दीमा भारतले पनि सघाउदा इन्धन प्रयाप्त मात्रामा भित्रन नसक्दा त्यसको चरम अभाब भएको हो । इन्धन भएका पेट्रोल पम्पहरुबाट जिल्ला प्रशासन कार्यालयको कुपनले मात्रै सिमित तेल वितरण गरिएको छ ।

त्यो पनि सबैले पाएका छैनन् । एम्बुलेन्स, सुरक्षा निकाय, बस, स्कुल गाडिले मात्रै डिजेल पाएका छन् । दुई दिन पहिले आएको २४ हजार लिटर डिजेल शुक्रबार सकिदै छ । जिल्लाका ८ वटा पेट्रोल पम्पबाट अत्याबश्यक सवारीका साधनलाई एक हप्ताका लागि कुपन मार्फत सिमित डिजेल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले जानकारी दिए । ववि डिजल्स भैसाही, अरुणोदय व्यापार सेवा घोराही, के.एस.एम. टे«र्डस घोराही, नेहा इन्टरप्राईजेज घोराही, हाम्रो पहँुच सहकारी संस्था तुलसिपुर, जिफिक मज्गै, मृणल तुलसिपुर र तुलसी व्यापार सेवा तुलसिपुरबाट सिमित मात्रामा डिजेल विक्रि भैरहेको छ । दुई दिन देखी पेट्रोलियम पदार्थ नआउदा यी पेट्रोलपम्बहरुमा पनि शुक्रबार देखी सकिदै छ । उक्त पम्पहरुका प्रत्येकमा ५÷६ सय लिटर मात्र बाँकी रहेको सञ्चालकहरुको भनाई छ । शुक्रबार थप अत्याबस्यक भएका साधनलाई मात्रै बितरण हुने र शून्यको अबस्था भने आउन नदिने प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए । उता नेपाल आयल निगम इन्धन डिपो तुलसिपुरले १ सय २० हजार लिटर डिजेल, ५२ हजार लिटर पेट्रोल र २४ हजार लिटर मट्टीतेल नेपालगञ्ज कार्यालयमा माग गरेको जनाएको छ । डिपो तुलसिपुरका प्रमुख सुजित पोख्रेलले दाङका लागि उक्त इन्धन जिल्ला प्रशासन कार्यालय दाङ र बाँके बिचमा समन्वय भैरहेको र पर्सि आईतबार सम्म आउने बताए । दाङमा हप्तामा ४० हजार लिटर पेट्रोल र डिजेल दैनिक ४० हजार लिटर खपत हुने गरेको बताए ।
dang 3
पेट्रोल थोपा पाईदैन
अझै दुई चार लिटर डिजेल जसोतसो पाउने गरेपनि पेट्रोल भने थोपा पाईदैन दाङमा । दुई दिन देखी पेट्रोल पनि पाईन छाडेको हो । नाकाबन्दीको हल्ला सँगै सवारी सञ्चालकहरुले आबश्यकता भन्दा बढी सञ्चय गर्दा छिटो तेलको अभाब सृजना भएको हो । जरकीन र ग्यालिन भरेर केही सवारी सञ्चालकहरुले घरमा सञ्चय गरेका छन् ।
dang 1
इन्धन नहुदा गाडि कम चले
पेट्रोलियम पदार्थको अभाब सँगै सवारीका साधन सञ्चालनमा ५० प्रतिशत कमी आएको छ । नाकाबन्दी खुल्ने अनिश्चित बन्दै जादा अहिले दाङका सडकहरुमा गुड्ने गाडिको संख्यामा ५० प्रतिशतले कमी आएको छ । केही सञ्चय गरेर राखेका सवारी सञ्चालकहरुले गाडि चलाए पनि तेल नहुनेका गाडि घर र ग्यारेजमा थन्कीएका छन् ।
dang 6
dang 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते