2026-11-02 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तातोपानी नाका खोल्न चीनले माग्यो सुरक्षा प्रत्याभूति

रमेश लम्साल/पुस २९, काठमाडौं । तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ ।

सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले यस सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ । गोरखा भूकम्पका कारण नेपाल चीन सीमाको खासासमेत भौगर्भिक रुपमा जर्जर भएको र त्यसको अध्ययन गरिरहेका कारण नाका सञ्चालनमा ल्याउन थप समय लागेको चिनियाँ पक्षले जानकारी गराएको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले जानकारी दिनुभयो ।

गोरखा भूकम्पको ३४ महिना पुग्न लाग्दा समेत नेपाल र चीन जोड्ने ऐतिहासिक कोदारी सञ्चालनमा आउन नसकेकामा नेपालीको चासो र चिन्ता बढिरहेको बेला राजदूत पौड्यालले चीनको न्यालमबाट खासा खण्डको सडक मर्मतमा चीन सरकारले विशेष जोड दिइरहेको र युद्धस्तरमा काम गरिरहेको जानकारी आफूले पाएकाले नेपालतर्फ पनि आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो । 

जुरे पहिरो, भोटेकोशीको बाढी, गोरखा भूकम्प र लार्चाको पुल गत बर्खाकालमा बगाएका कारण नेपाल चीन सीमासम्म पुग्ने अवस्था नभएकाले आफ्नातर्फको भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उहाँको भनाई छ । 

बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, नेपाल हिमालय सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले आज यहाँ आयोजना गरेको ‘तातोपानी नाका सञ्चालन र कोदारी राजमार्गको स्तरोन्नति’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौड्यालले भन्नुभयो “तातोपानी नाका खोल्न र कोदारी राजमार्ग सञ्चालनमा ल्याउन चिनियाँ राष्ट्रपति सि चिन फिङले नै चासो व्यक्त गर्नुभएको छ । नेपालका तर्फबाट चीनमा भएका उच्चस्तरीय भ्रमणमा समेत पटक पटक यो विषयमा कुरा उठेको छ ।”

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिसँग गत वर्ष गर्नुभएको भेटमा समेत सो नाका खोल्ने विषयमा छलफल भएको जानकारी दिँदै उहाँले चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणमा यो विषयले प्राथमिकता पाएको तथा पछिल्लो पटक तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणमा समेत गम्भीर छलफल भएको दृष्टान्त पेश गर्नुभयो । 

“तातोपानी नाका खोल्ने विषयमा चीन सरकारले उच्च चासो राखेको छ । भौतिक पूर्वाधारका कामसमेत भइरहेको मैले जानकारी पाएको छु, आशा गरौँ अब केही समयभित्रै सो नाका सञ्चालनमा आउँछ”, राजदूत पौड्यालले भन्नुभयो । 

चीन नेपालको असल मित्र भएकाले नेपालले आर्थिक–भौतिक सहयोग पाएको तथा नेपाल र चीनबिच जनस्तरको सम्बन्ध रहेको बताउँदै उहाँले अब बन्ने सरकारले सम्बन्धलाई थप नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

कोदारी राजमार्गको स्तरोन्नति गर्न, भत्किएका पुल निर्माणमा समेत सहयोग गर्न चीन सरकारले चासो राखेको र अहिले केही कामसमेत सुरु भइसकेको उहाँको भनाई छ । राजदूत पौड्यालले तातोपानी नाका सञ्चालन आउने विषयमा दुविधा नराख्न आग्रह गर्दै सहजरुपमा व्यापार व्यवसाय गर्न पाउने व्यवस्था गर्न, महँगो भाडा नलिन र गैरव्यावसायिक व्यवहार नगर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । 

यही पुस ७ गते सिन्धुपाल्चोकका प्रजिअ र चीनका उहाँका समकक्षीबीच तिब्बतमा छलफल भएको थियो । चिनियाँ पक्षले सो छलफलमा समेत सुरक्षा चासो राखेको सिन्धुपाल्चोकका प्रजिअ आशमान तामाङले जानकारी दिनुभयो । 

“चिनियाँ पक्षले ज्वाइन्ट कमाण्ड मेकानिज्म र ज्वाइन्ट कमाण्ड अफिस खडा गर्नुपर्नेमा जोड दिएका छन्, हामीले आवश्यक तयारी गरेर जवाफ दिने तयारी गरेका छौँ” प्रजिअ तामाङले भन्नुभयो “संवेदनशील विषयमा उच्च सुझबुझपूर्ण व्यवहार प्रदर्शन गरेर मात्रै तातोपानी नाका खुलाउन सकिन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।” 

कार्यक्रममा नेकपा (एमाले) अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहोराले नेपालको जीवन रेखाका रुपमा परिचित कोदारी राजमार्ग खुलाउने विषयमा गम्भीरताका साथ पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “छिमेकीका केही चासो र चिन्तालाई हामीले सम्बोधन गर्नुपर्छ । त्यसो हुँदा छिट्टै नाका खुल्छ । हामी त्यसमा विश्वस्त छौँ ।”

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य अग्निप्रसाद सापकोटाका विचारमा नाका खोलाउन हरसम्भव प्रयत्न भइरहेको र छिट्टै सफलता हात लाग्ने छ । 

उहाँले भन्नुभयो “चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री तथा उच्च सरकारी तहमा गम्भीर छलफल भइरहेको छ । सकारात्मक सन्देश प्राप्त भएको छ ।” हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले नाका खुलाउने विषयमा उच्च राजनीतिक तहदेखि स्थानीय सरकारले समेत पहल गर्नुपर्ने औँल्याउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द