2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको पिपरीमा रहेको शिव मन्दिर संरक्षणको पर्खाइमा

सन्तोषकुमार गुप्ता/ असोज १८, देउखुरी । देउखुरीको सिसहनियाँ ४ पिपरी स्थित शिव मन्दिर संरक्षणको पर्खाइमा रहेको छ । मन्दिरको उचित संरक्षण नहुदा अहिले मन्दिर जीर्ण अवस्थामा रहेको छ । आज भन्दा ७३ वर्ष पहिले अर्थात वि.सं. १९९९ मा निमार्ण भएको शिव मन्दिरको संरक्षण हुन नसक्दा अहिले मन्दिरको भित्ता तथा गजुरमा घाँसपात उम्रिनुका साथै पिपल र सिसौको विरुवा समेत उम्रिएको छ ।

सोही गाउँका स्थानीय रामप्रसाद चौधरीका कान्छा हजुरवुवा स्वः पटवारी जगतराम चौधरीले आफ्नै लगानीमा गाउँको वीच भागमा शिवको मन्दिर निमार्ण गरिदिएका थिए । सुरखी सिस्टमबाट बनेको मन्दिरको आफ्नै विशेषता रहेको छ । मनमा शान्ति र पाप नष्ट हुने जनविश्वास रहि आएको मन्दिर भित्र शिवको मुर्ति सँगै पार्वती, गणेशको मुर्ति समेत रहेको छ । मन्दिर निमार्ण पछि केहि वर्ष सम्म पटवारी परिवारले रेखदेख गरेता पनि पछिल्लो समय यता पटवारी परिवारमा अंशबन्डा भई घरवार छुटिए पछि बसाईसराई गरि अन्य ठाउँमा गए पछि मन्दिरको संरक्षणमा कसैले ध्यान नदिदा अहिले मन्दिरमा झारपात उम्रिनुका साथै मन्दिर नै भत्किने अवस्थामा रहेको स्थानीय रामप्रसाद चौधरीले बताए ।

हाल मन्दिरमा नियमित पुजापाठ र माघीमा मेला लाग्ने गरे पनि मर्मत सम्भारका लागि नत गाउँलेहरुको ध्यान जान सकेको छ । नत सम्बन्धीत निकायको ध्यान गएको छ । उता गाविस तथा सम्बन्धीत निकायले शिव मन्दिर सार्वजनिक जग्गामा नरहेकाले सहयोग गर्न नसकिएको सम्बन्धीत निकायहरुले बताएका छन् । तर गाउँलेहरुले भने धार्मिक क्षेत्र जस्तो क्षेत्रमा सहयोग हुनु पर्ने बताएका छन् । हुन त यस मन्दिरको विषयमा बहस र छलफल भने नभएको होइन तर स्थानीय स्तर बाटै पहल गर्ने हो भने भोलीका दिनमा यस मन्दिरको पहिचान बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई