Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डोल्पा जिल्लामा पनिआङ खस्ने महिलाको पहिचान

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ३०, डोल्पा | डोल्पा जिल्लामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान गरिएको छ ।

वातावरणीय कृषि तथा विकास केन्द्र (केड)ले तथ्यांक संकलन गर्न शुरु गरेसँगै महिला सशक्तीकरण केन्द्र डोल्पाले साविकका पाँच गाविसभित्र २० प्रतिशत महिला आङ खस्ने रोगबाट ग्रसित रहेको तथ्यांक सार्वजनिक गरेको हो ।

आङ खस्नेसम्बन्धी अन्तरक्रिया कार्यक्रममा साविकका त्रिपुराकोट, ल्हां, सुँ, शहरतारा, जुफाल र दुनैका करिब २५० घरधुरीमा सर्वेक्षण गरिएको केन्द्रका कोषाध्यक्ष काली चलाउनेले बताउनुभयो ।

चेतनाका कमीको कारणले पनि आङ खस्ने रोगको समस्या धेरै भएको जोडी सहजकर्ता धनचन्द्रा सार्कीले अनुभव सुनाउनुभयो ।

“कर्णालीका महिलालाई पौष्टिक आहार पनि छैन, काम नगरी खान पुग्दैन, उनीहरुलाई बाध्यता रहेको छ”, उहाँले भन्नुभयो । “पहिले पहिले महिला लाज मान्ने गर्थे, अब त सजिलै भन्न सक्ने भइसकेकाले आङ खस्ने रोगसम्बन्धी जानकारी दिन सहज भएको छ ।”

जिल्लामा पहिलो पटक महिलाको स्वास्थ्यलाई ध्यानमा राखी केडले आङ खस्ने रोगसम्बन्धी खोजमूलक काम गर्न लागेको छ । उनीहरुको पहिचानपछि जाँच गरिने र तराईका जिल्लामा निःशुल्क उपचार गरिने बताइएको छ । (रासस)