2026-10-15 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पुर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि समिति गठन

पुस ३०, सुर्खेत । पुर्व राजा ज्ञानेन्द्र शाह सुर्खेतको देउती वज्यै मन्दिर दर्शनका लागि माघ ३ गते सुर्खेत आउने भएका छन् । पुर्व राजा सुर्खेत आउने भएपछि पुर्व राजालाई स्वागत गर्न ६५१ सदस्यीय स्वागत समिति गठन गरिएको छ ।

पुर्व राजालाई स्वागतका लागि प्राध्यापक बलभद्र भारतीको संयोजकत्वमा पूर्व राष्ट्रिय पञ्चायत सदस्य घनश्याम गिरी, पूर्व जिविस सभापतिहरु मोतिप्रसाद सापकोटा, ओमबहादुर जिसी, वसन्त थापा, पूर्व जिविस उपसभापति तुलाराम गिरी, वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरी र पूर्व प्रधानपञ्च मानबहादुर खड्कासमेत सदस्य रहेको ६५१ सदस्यीय श्री ५ ज्ञानेन्द्र स्वागत समिति गठन गरिएको हो ।

माघ ३ गते सुर्खेतको प्रसिद्ध धार्मिक स्थल देउती बज्यै मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको मुल समितिका संयोजक वलभद्र भारतीले जानकारी दिए । 

उनले देउतीबज्यैतर्फ जाने मूल गेट पिपिराचोकबाट मन्दिरद्वारसम्म फूलमाला लिई स्वागत गरिने कार्यक्रम रहेको बताए । उनले पुर्व राजालाई स्वागत गर्नका लागि सुर्खेतवासीलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने