Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुन्तला उत्पादनमा गिरावट : स्याङ्जा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १  स्याङ्जा  | गतवर्षको तुलनामा स्याङ्जामा यसवर्ष ३४ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीका अनुसार यसवर्ष जिल्लामा १३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

गतवर्ष एक हजार ८४२ हेक्टर क्षेत्रफलमा २० हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा १३ हजार मेट्रिक टनमात्रै सुन्तला उत्पादन भएको छ ।

मीठो र स्वादिलो सुन्तलाका लागि चिनिने स्याङ्जामा सुन्तलाकाकै क्षेत्रमा प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत सुन्तला जोनका रुपमा काम अगाडि बढाइएको छ । गतवर्ष रु ३३ करोड बराबरको सुन्तलाको कारोबार भएको जिल्लामा यसवर्ष रु २२ करोडको कारोबार भएको कार्यालयले जनाएको छ ।

यसवर्ष सुन्तला फूल खेल्ने बेलामा असिना पानी, हावाहुरीलगायत कारणले उत्पादनमा कमी आएको हो । कात्तिकदेखि शुरु भएको सुन्तला बिक्री अहिलेसम्म पनि जारी छ । शुरुवातमा प्रतिकिलो रु ३५ मा बिक्री शुरु भएको सुन्तलाको मूल्य अहिले करिब रु १०० को हाराहारीमा पुगेको छ । (रासस)