2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सर्वहित सहकारीको साधारणसभा सम्पन्न

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया ६ मौरीघाटको तेस्रो वार्षिक साधारण सभा शनिवार मौरीघाटमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दयाराम चौधरीको अध्यक्षता एवम् राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यता तथा नेपाल बचत तथा ऋण केन्द्रिय महासंघ नेपालकी लेखा समिति सदस्य हुमा डिसीको विशिष्ट आतिथ्यतामा भएको सभामा सम्पन्न भएको हो ।

सभामा संस्थाका सचिव जागेन्द्र चौधरीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र थारु चौधरीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक शिउकुमार चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सञ्चारको क्षेत्रमा रही महत्वपुर्ण योगदान पु¥याएको भन्दै सञ्चारकर्मी ओमप्रकाश गुप्ता सहित ७ जना व्यक्तित्वहरु सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा असल सञ्चालक संस्थाका अध्यक्ष दयाराम चौधरी, जेष्ठ नागरिक विन्दु चौधरी, असल कर्मचारी प्रभा चौधरी, असल बचत कर्ता कृष्णगोपाल चौधरी, असल ऋणी सुसिल चौधरी र असल बाल बचतकर्ताहरु सुदिप चौधरी, सुदन चौधरीलाई प्रमुख अतिथिले सम्मान पत्र सहित दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो भने

कार्यक्रममा ४ ओटा बाल समुहहरु लाई ३÷३ थान गुन्द्रो र १÷१ पिस क्याल्कुलेटर समेत प्रदान गरिएको थियो । संस्थाकी उपाध्यक्ष उमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सभामा जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण भण्डारी, प्रभात बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष सनिराम चौधरी, नव प्रतिभा कृषक सहकारी संस्था बगरापुरका सचिव हरिचन्द्र चौधरी, समाज सुधार कृषि समुहका सचिव प्रेमबहार केसी, साना व्यापारी समुह मौरीघाटका अध्यक्ष बेगमबहादुर बस्नेत, नयाँ समाज कृषि सहकारी संस्थाका अध्यक्ष हनुमान चौधरी, सञ्चा।कर्मीहरु सन्तोषकुमार गुप्ता, कमल गिरी र ओमप्रकाश गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव जागेन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई