2026-07-25 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा ४० हल गोरु जुधाइ: बझाङी राजालाई श्रद्धाञ्जली

माघ १, नुवाकोट । माघे संक्रान्ति पर्वका अवसरमा साेमबार स्थानीय तारुका, वेत्रावती र पञ्चकन्यामा ४० हल गोरु जुधाइएको छ ।

हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रिति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ ।

‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २० हल गोरु प्रतिस्पर्धा गराइएको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए । प्रतिस्पर्धामा विजेता भएका गोरुधनीलाई पाँच हजार रूपैयाँ र उपविजेतालाई तीन हजार रूपैयाँसहित प्रमाणपत्र दिइयो ।

गोरु जुधाइ प्रतियोगिताको नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्दै संस्कृति र परम्पराका लागि स्थानीयवासीबाट चलाउँदै आएको मेलालाई आगामी दिनमा सरकारको पहलमा सञ्चालन गरिने बताए ।

‘गोरु जुधाइस्थलसम्म पुग्न कच्ची रहेको मोटरबाटोलाई व्यवस्थित गरी गोरु जुधाइने गरिएको किसानको बारीलाई गुठीका रुपमा विकास गरी संरक्षण गर्नु राज्यको दायित्व हो’, पोखरेलले भने, ‘सरकारले कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गराउन गोरुको विकल्पमा अनुदानमा ट्याक्टर वितरण गर्दैै आएकाले गोरु पाल्ने किसानमा आएको नैराश्यता हटाउन पनि सक्नुपर्छ ।’

बझाङी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर तारुकास्थित मामाघरमा आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएकाले यसलाई निरन्तरता दिन राज्यले बजेट र कार्यक्रम तय गर्नुपर्ने प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित तारुकावासी नारायणप्रसाद खतिवडाले बताए ।

मकर संक्रान्तिका अवसरमा नुवाकोट र रसुवाको संगमस्थल वेत्रावती र पञ्चकन्या, घलेभञ्ज्या¬ङमा पनि दश दश हल गोरु जुधाइएको छ । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा वेत्रगंगाको नदी किनारमा भएको वेत्रावती सन्धिपछि नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाइएको स्मरणमा सामरिक महत्व कायम राख्न स्थानीयवासीको पहलमा जोरु जुधाइलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष सुरज लबटले बताए । वेत्रावतीमा २०६७ सालदेखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।

पञ्चकन्यामा जुधाइने गोरु बाइसे चौबीसे राज्य सञ्चालनका समयमा घले राजाहरुले मनोरञ्जन लिन गोरुलगायत पशु/चौपाया जुधाउने गरेको इतिहासलाई निरन्तरता दिँदै यस वर्ष पनि दश हल गोरु जुधाइएको प्रचार समितिका संयोजक प्रदीप दाहालले जानकारी दिए ।

‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको थियो । अघिल्ला वर्षको तुलनामा गोरु पाल्ने किसानको संख्या घट्दै गए पनि प्रतियोगितामा भने गोरुको संख्या बढ्दै गएको छ । वर्षभरी खेती गर्न समेत गोरु पाल्न छाडेका किसानले मकर संक्रान्तिमा प्रतिष्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरु जुधाइमा सहभागी हुँदै आएका छन् ।

गोरु जुधाइबाट पछिल्लो समय खेल पर्यटनको प्रवर्द्धनमा टेवा पुग्दै आएको तारुकामा आयोजित गोरु जुधाइ अवलोकन गर्न आएका पर्यटन व्यवसायी सुमन पाण्डेले बताए । मकर संक्रान्ति पर्वको अवसरमा नुवाकोटका विभिन्न स्थान, धादिङको खाल्टेलगायतमा समेत गोरु जुधाइलाई निरन्तरता दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली