Skip to content
Friday, July 17, 2026 Nepali Online Media

स्वर्गद्धारी ग्रामिण विद्युत सहकारीको साधारणसभा सम्पन्न

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत स्वर्गद्धारी गा्रमिण विद्युत सहकारी संस्था लालमटियाको ११ औँ बार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विश्वराज आचार्यको अध्यक्षता एवम् सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय संघका केन्द्रिय सदस्य संगिता श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव केशवराज आचार्य वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष करुणा पौडेलले आर्थिक प्रतिवेदन लेखा तथा सुपरिवेक्षण समितिका संयोजक शंकर भुसालले लेखा प्रतिवेदन र कार्यालय प्रमुख टंकप्रसाद शर्मा प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका उपाध्यक्ष किरण भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य लिलाराम पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजाल, कालिका सामुदायिक वनका उपाध्यक्ष बुद्धिराम चौधरी, वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण गिरी, जनजीविका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिवराज शर्मा, एभरेष्ट बैकका लमहीका शाखा प्रमुख दिपा बुढाथोकी, पत्रकारहरु सन्तोषकुमार गुप्ता र जमिर शाह लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कार्यालय प्रमुख टंकप्रसाद शर्माले गरेका थिए ।