2026-06-16 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आदर्श उच्च माविको अभिभावक भेला सम्पन्न

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । देउखुरीको आदर्श उच्च माध्यमिक विद्यालय लालमटियाको १८ औँ अभिभावक भेला शुक्रबार विद्यालयको प्रगाणमा सम्पन्न भएको छ ।

शिक्षक अभिभावक संघका संयोजक शिवबहादुर कडेलको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालयका देउखुरी क्षेत्रका विद्यालय निरक्षक विनोद गौतमको प्रमुख आतिथ्यमा भएको अभिभावक भेलामा विद्यालयका प्राचार्य दामोदर पाण्डेले शैक्षिक सत्र २०७०÷०७१ को १ करोड ५४ लाख ८१ हजार ९ सय ४२ रुपैयाँ ३२ पैसा सहितको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्लस टु संयोजक श्रीकृष्ण शर्मा, विज्ञान संकाय संयोजक बिष्णु पोख्रेल, अँग्रेजी माध्यम शिक्षण संयोजक किरण पोख्रेल र विद्यालयको शैक्षिक गुणस्तर अवस्था तथा व्यवस्था शिक्षक जीवराज शर्माले शैक्षिक कार्यपत्र प्रस्तुत गरेका थिए ।

शिक्षक अभिभावक संघकी सदस्य तथा शिक्षिका कृष्णा शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयमा गुणस्तरिय प्रदान गर्न शिक्षक, अभिभावक तथा स्वयम् विद्यार्थीहरुको महत्वपूर्ण भुमिका हुने बताएका थिए ।

उनीहरुले विद्यालयलाई शान्ति क्षेत्र बनाउन कुनै पनि बन्दहड्तालमा निर्वाध रुपमा विद्यालय सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन सबै पक्ष गम्भीर हुनु पर्नेमा समेत जोड दिएका थिए ।

भेलामा लालमटिया स्रोत केन्द्रका स्रोत व्यक्ति बिप्लब अधिकारी, लालमटिया स्रोत केन्द्रकै निवर्तमान स्रोत व्यक्ति रामप्रसाद जैसी, नेपाली काँग्रेसका नुमानन्द सुवेदी, नेकपा एमालेका शोभाकर भुसाल, एनेकपा माओवादीका धर्मराज अधिकारी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्धिराम चौधरी, पत्रकारद्धय विदुर एमसी र कमल गिरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका दया भण्डारीले गरेकी थिईन् । भेलाले अगामी ३ बर्षे कार्यकालका कुष्णप्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिती सर्वसम्मत चयन गरेको छ ।

जसको सदस्यहरुमा गुरुप्रसाद ज्ञवाली, छमा गैरे, जोहरमान मियाँ, सदस्य सचिवमा प्राचार्य दामोदर पाण्डे रहेका छन् । बाँकी चार सदस्य शिक्षा निमावली बमोजिम समितीको पहिलो बैठकले मनोनयन गरिने बताईएको छ ।

त्यस्तै भेलाले निर्वतमान विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्धिराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय नयाँ शिक्षक अभिभावक संघ समेत सर्वसम्मत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ