2026-09-03 06:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा कर्मचारीले मात्र मनाए २०औँ राष्ट्रिय भुकम्प दिवस

टेकबहादुर शाही/माघ २, डोल्पा । डोल्पा जिल्लामा २० औँ राष्ट्रिय भुकम्प दिवस कर्मचारीहरुले मात्र मनाएका छन । 

सवल समुदाय र स्थानीय सकार भुकम्पीय सुरक्षको बलियो आधार भन्ने राष्ट्रिय नारा सहित जिल्लामा रहेका सरकार तथा गैरसकारी कार्यालयका कर्मचारि,नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा मनाइएको छ । 

जनस्तर सम्म भुकम्प लगायत बिभिन्न दैवीक प्रकोपहरुबाट कसरी कम जोखिममा पर्न सकिन्छ  भन्नेबारे जानकारी  जानकारि दिने यस्ता दिवसहरुका स्थानीयको नै उपस्थिति नभए पछि दिवस नै औचित्य बिहिन भएको सारोकारवालाहरु बताउछन । 

दैबिक प्रकोपबाट कसरी कम क्षेती ब्यहोर्न सकिन्छ भन्ने सन्देश बोकेको राष्ट्रिय  जिवसमा नै तिन वटै तहका स्थानीय सरकारका जनप्रतिनिधिको उपस्थिति शुन्य हुनुले दुखद कुरा रहेको नेपाल पत्रकार महासंघ जिल्ल शाखा डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङले बताए. । उनका अनुसार यस्ता जनचेतनामुलक सन्देशहरु सञ्चार क्षेत्रबाट हरदम प्रचारप्रशारमा रहेको तर स्थानीय सरकार नै मौन रहकोले जनचेनता ग्रामिण स्तर सम्म नपुगेको आरोप लगाए । 

कुनै पनि अति मह्त्वपूर्ण दिवस तथा कार्यक्रमहरु माथिल्ला निकायले मात्र गर्ने तर स्थानीय स्तर सम्म नपुगेको भन्दै सबैले समयमा सजगक हुनु पर्ने डोल्पा उद्योग बाणिजय संघका अध्यक्ष लालिमान बुढाले बताए । उनले भने डोल्पामा भौगोलिक हिसावले मात्र कम क्षेति ब्यहोरेकोले अबका दिनमा भुकम्प प्रतिरोधी संरचनाहरु बनाउनु पर्ने,नक्साहरु पास गरेर मात्र घर बनाउनु पर्ने बताए । 

कुनै पनि क्षेत्रमा महा भुकम्प आएको ७६ बर्ष पछि  फेरि पनि त्यसरी नै महाभुकम्प आउछ भन्ने बैज्ञानीकको भनाइ रहेको हुदा त्यसै अनुसार प्राकृतिक बिपत्तीबाट बच्ने खालका भौतिक संरचनाहरु बनाउनु पर्ने निमित्त प्रमूख जिल्ला अधिकारी बमबहादुर के.सि.ले जानकारि दिए ।

उनका अुनसार दैबिक प्रकोपबाट पर्ने ठुलो क्षेतिका बिषयमा स्थानीय स्तर सम्म जनचेतना दिन नसकेको स्वीकार्दै आजैका दिन देखि सबैले आ–आफ्नो क्षेत्रबाट स्थानीय स्तर सम्म भुकम्प लगायत प्राकृतिक प्रकोपबाट बच्न जनचेतना जोगाउने कार्यक्रम गर्ने प्रतिबद्धता गरे ।

नेपालमा १९९० त्यसैगरि २०४५ र २०७२ बैशाख १२ गते महाबिनसकारी भुकम्पबाट हजारौ नेपालीले ज्यान गुमाउनुका साथै अरबौको जनधनको क्षेती ब्यहोर्नु परेको थियो । यि सबै महाबिनासकारी भुकम्पबाट डोल्पाले भौगोलिक बनावटका तथा केन्द्र बिन्दूनै नजिक नभएको कारण कम क्षेती ब्यहोरेको किर्डाक नेपालका सँयोजक सुरेन्द्र ढकालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही