2026-10-15 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रम शोषणविरुद्ध नर्सको आन्दोलन: क्षेत्रीय अस्पतालमा तीन घण्टा काम गरेनन्

माघ २, सुर्खेत । नेपाल नर्सिङ संघले गरेको चरणबद्ध आन्दोलनअन्तर्गत मंगलबार सुर्खेतस्थित मध्यपश्चिम क्षेत्रीय अस्पतालमा कार्यरत नर्सहरुले आन्दोलन जारी राखेका छन् । 

श्रम ऐन, ०७४ तुरुन्त लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गर्नुपर्ने, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पिएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्नेलगायत ११ बुँदे माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।

मंगलवार तीन घण्टा काम छाडेर विरोध जनाई आन्दोलन जारी राखेका हुन ।नेपाल नर्सिङ संघले आफ्ना माग पूरा नभएको भन्दै ३ गतेसम्म दिनको तीन घण्टा काम छाडेर विरोध जनाउने कार्यक्रम तय गरेका छन् । 

नेपाल नर्सिङ संघ सुर्खेतकी अध्यक्ष गिता सुवेदीले माग पूरा नभए माघ ४ गतेदेखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि ४ बजेको सिफ्टमै काममा नजाने बताईन् । 

उनले सुर्खेतमा रहेको मध्यपश्चिम क्षेत्रीय असपतालमा मंगलवार पनि ३ घन्टा काम बन्द गरिएको जानकारी दिईन् । उनले देशव्यापी सुरु भएको आन्दोलनलाई सामान्य रुपमा नलिन आग्रह समेत गरिन् ।

नेपाल नर्सिङ संघका केन्द्रीय सदस्य दिपा भट्टराईले सुर्खेतमा करिव २ सय भन्दा वढी नर्सहरु आन्दोलनमा होमिएको बताईन् । उनले आफ्ना माग पुरा नभए माघ ७ गतेबाट २४ सैं घण्टा अस्पतालको सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिईन् । उनले हातमा कालो पट्टि बाँधेर साँकेतिकरुपमा गरिएको आन्दोलनलाई सामान्य रुपमा नलिन समेत सरकारलाई आग्रह गरिन् ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्वर खड्काले नर्सहरुले सञ्चालन गरेको आन्दोलनको नैतिक रुपमा सर्मथन रहेको बताए । उनले राजनैतिक रुपमा भन्दा पनि वास्तविक कुराहरुमा साथ र सर्मथन गर्ने जानकारी दिए । नर्सहरुले ७ गतेबाट २४ घण्टा आन्दोलन गर्ने माग राखेपनि ईमरजेन्सी सेवा सञ्चालन राख्ने आन्तरिक रुपमा सहमति भएको उनले बताए ।

११ बुँदे मागसहित आन्दोलनमा उत्रिएका नर्सहरुलाई नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतले पनि सर्मथन गरेको छ । स्वास्थ्यकर्मी संघका अध्यक्ष राजेशकुमार वुढाले तत्काल नेपाल नर्सिङ संघका मागहरु पुरा गर्नुपर्ने बताए । 

उनले आन्दोलनलाई पुर्ण समर्थन रहेको समेत बताए । पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत उनीहरुले स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअङ्ग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयम्सेविका रुपमा काम गराएर निष्काशित गरिएको नर्सको पुनःस्थापना लगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघले गत पुस २७ गतेबाट देशव्यापीरुपमा चरणबद्ध आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने