२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एम्बुलेन्सले डिजल नपाएपछि आन्दोन सुरु

८ कार्तिक २०७२, आईतवार ११:५३

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । ईन्धन वितरण प्रकृया प्रभावकारी नहुदा अत्यायश्क सवारी साधनले समेत डिजल पाउन छाडेका छन् । देउखुरी क्षेत्रमा रहेका एक दर्जन एम्वुलेन्स र एउटा शव वाहनले डिजल नपाउदा आन्दोलीत हुनुपर्ने अवस्था आएको प्राथमिक स्वास्थ्य केन्द्र लमहीका एम्वुलेन्स चालक महेन्द्र विकले बताए ।

andolit news

आईतवार ईलाका प्रसासन कार्यालय लमही अगाडी देउखुरीका ८ वटा एम्वेलेन्स डिजल नपाएको विरोध गर्दै खडा गरिएको छ । पेट्रोल पम्पलाई अत्वायश्क सवारी साधनकालागी केही मात्रामा डिजल राख्न प्रसासनले लिखीत र मौखीक रुपमा आग्रह गरेको थियो । तर, अहीले पम्पहरुले एम्वुलेन्समा विरामी भएको अवस्थामा पनि डिजल दिएका छैनन् ।

एम्बुलेन्समा ईन्धन नहुदा विरामीलाई विच वाटैवाट वसमा चढाएर अस्पताल पठाएको गोवरडिहा स्वास्थ्य चौकीको एम्वुलेन्स चलाउदै आउनु भएका आगेन्द्र प्रसाद चौधरीले बताए । एम्बुलेन्स चालकहरुले ईलाका प्रसासन कार्यालय लमहीका प्रमुख टोपेन्द्र केसीलाई भेट गरी एम्वुलेन्सलाई ईन्धन उपलब्ध गराउन माग गर्दै ध्यानाकर्षण समेत गराएका छन् ।

ambulensa

तेल नहुदा तिन दिन देखी विरामीलाई अस्पताल पु¥याउन नसकीएको दुःखेसो चालकहरुले सुनाएका छन् । विरामीहरुको फोन आईरहेपनि तेल नभएका कारण आफुहरुले एम्वुलेन्स चलाउन नसकेको जवाफ फर्काउने गरेको र विरामीहरु उपचार वाट वञ्चित हुनु परेको चालक महेन्द्र विकले गुनासो गरे ।

यता ईलाका प्रसासन कार्यालय लमहीका प्रमुख टोपेन्द्र केसीले एम्वुलेन्सलाई ईन्धन उपलब्ध गराउन पेट्रोल पम्पका सञ्चालकहरु संग समन्वय गरी सहज गराउने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा बाख्रापालनमा जमेका चन्द दम्पती