2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको माथी तुम गाउँ छाउ गोठ मुक्त घोषणा

दान बहादुर बुढा/माघ ३, मुगु । सदरमुकाम गमगढी नजिक रहेको माथी तुम गाउँलाई मंगलवार छाउ गोठ मुक्त गाउँ घोषणा गरिएको छ ।

छायानाथ रारा नगरपालिका वडा नम्बर ३ को आयोजना र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको आयोजनामा मंगलबार एक कार्यक्रमको आयोजना गरि छाउगोठ मुक्त गाउँ घोषणा गरिएको वडा नम्बर तिनको कार्यालयले जनाएको छ । 

महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, छायानाथ रारा नगरपालिकाको समन्वय तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजीकरणमा तुम गाउँका ५७ घरधुरीमा घरको दोस्रो तलामा सुरक्षित कोठा बनाएर महिनावारी भएका छोरी बुहारी, किशोरीलाई बस्ने व्यवस्था गरेका र अहिले कुनै पनि घरमा महिनावारी भएका महिला गोठमा नबस्ने अवस्था देखिएकाले यो गाउँलाई छाउपडी गोठ मुक्त गाउँ घोषणा गरिएको हिरिसडेक मुगुका महिला मानव अधिकार कार्यक्रम अधिकृत सञ्जु तिमिल्सिनाले जानकारी दिईन । 

२०७१ सालमा मध्य पश्चिममा नै पहिलो पटक साविकको रोवा गाविसको सोभा गाउँलाई छाउ गोठ मुक्त गाउँ घोषणा गरिएको थियो । अहिलेसम्म आई पुग्दा नगरपालिकाका अधिकाँश गाउँ वस्ति छाउगोठ मुक्तको तयारीमा रहेको तिमिल्सीनाको भनाई छ ।

 अहिले सरकारी निकाय र गैर सरकारी निकायको अथक प्रयासले तुम गाउँलाई छाउ गोठ मुक्त बनाउदैमा पुण नहुने र यसलाई दिगो बनाउन सरसफाईलाई समेत उतिकै ध्यान दिन स्थानीयवासी लाग्नु पर्ने पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको भनाई थियो ।

तुम गाउँ अन्य गाउँ भन्दा स्वास्थ्य र सरसफाईको क्षेत्रमा निकै राम्रो देखिएको तथा महिनावारी भएका महिलालाई घरमा नै बस्ने सुरक्षित कोठाको व्यवस्था गरिएको पाईएको र महिला घरको कुनामा बस्ने भान्सामा नबस्र्ने कुनै पदी घर भित्रको समस्या भएको बेला घर भित्र पसेर काम गर्ने गरीन्छ कुनै असरहुदौन सबै भन्दा हामी महिलाको आत्म बिसुवास मनबल बढाउनु पर्छ भन्दै महिलहरुलाई सरसफाई र मनवल बढाउन आग्र मरेकी छन छायानाथ रारा नगरपालिकाकी नगर उपप्रमुख सकुन्तला रोकायाले बताएकि छन । 

स्थानिय महिला पहिले आफु पनि गाई,भौसी,भेडा बाख्राको गोठमा बस्ने गरीकी थिए हिजो आज बिभिन्न तालिम गोष्टीमा जादा धेरै कुरा बुझेकीहुदा हुदा घरभित्र सुरक्षित कोठामा बस्ने गरेको र नियमित सरसफाई गर्ने गरेको तुम गाँउकी उजेली रोकायाले बताएकि छन ।

दोस्रो छाउपडी गोठ मुक्त तुम गाउँ अन्य गाउँ भन्दा स्वास्थ्य र सरसफाईको क्षेत्रमा निकै राम्रो देखिएको तथा महिनावारी भएका महिलालाई घरमा नै बस्ने सुरक्षित कोठाको व्यवस्था गरिएका छन हिरिसडेक सस्थाले सरसफाईका सामान दिएको छ ,पहिला छुई भएको बेला प्याट प्रयोग गरेका थिएनै हिजा आज बजार बाट प्याट किनेर ल्याएर प्रयोग गने गरेका छौ छुई वा पर सरेको समयमा पोषीले खाने कुरा खाने गरेका छौ भौसीको दुध,दही,ध्यू खाने गरेका छौ गाईको दुध,दही,ध्यू गाईलाई लक्ष्मी देवता मानेर छुई भएको समयमा नखाने गरेको सुरछीत छाउ गोठमा बसेकी हिरादेबी काकीले बताएकी छन ।

। 

माथी तुम गाउँका स्थानीयवासीमा आएको चेतना र जागरणले गाउँको सरसफाई संगै छाउ गोठ मुक्त बनाए जस्तै नगरपालिकाका सबै गाउँ वस्तिलाई छाउ गोठ मुक्त गर्ने रणनिती नगरपालिकाले अघि सारेको नगरपालिकाका उपमेयर सुन्तला रोकायाले बताईन । 

विगतमा आफुहरुले वर्षामा हिलो, हिउँदमा जाडो नभनि सुख्खा रोटि खाएर , दिनभरि काम गरेर राती बारी वा गोठमा सुत्नु परेको र अव अहिले पछिल्लो पुस्ताका महिलाहरु घर भित्रै सुरक्षित सुतेको देख्दा आफुलाई विगतका पिडाले झस्काउने गरेको स्थानीय ५३ वर्षीया लालकिसरा रावलले बताईन ।

पहिले घरका महिला, छोरी बुहारी महिनावारी हुँदा घिऊ, दहि, दुध, मह नदिने, फलफुलका वोट छुदा पाप लाग्ने, गाई छुन नहुने , घरको जग छुँदा समेत देवी देउता रिसाएर अनिष्ट हुन्छ भन्ने गलत सोचका कारण घर भन्दा अलगै सात दिनसम्म बाहिर बसाल्ने स्थानीयवासीले अहिले महिनावारी हुँदा घर भित्रै राख्ने गरेको स्थानीय झाँक्रि ५६ वर्षका चन्द्रबहादुर रावलले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल