2026-10-27 06:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको माथी तुम गाउँ छाउ गोठ मुक्त घोषणा

दान बहादुर बुढा/माघ ३, मुगु । सदरमुकाम गमगढी नजिक रहेको माथी तुम गाउँलाई मंगलवार छाउ गोठ मुक्त गाउँ घोषणा गरिएको छ ।

छायानाथ रारा नगरपालिका वडा नम्बर ३ को आयोजना र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको आयोजनामा मंगलबार एक कार्यक्रमको आयोजना गरि छाउगोठ मुक्त गाउँ घोषणा गरिएको वडा नम्बर तिनको कार्यालयले जनाएको छ । 

महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, छायानाथ रारा नगरपालिकाको समन्वय तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजीकरणमा तुम गाउँका ५७ घरधुरीमा घरको दोस्रो तलामा सुरक्षित कोठा बनाएर महिनावारी भएका छोरी बुहारी, किशोरीलाई बस्ने व्यवस्था गरेका र अहिले कुनै पनि घरमा महिनावारी भएका महिला गोठमा नबस्ने अवस्था देखिएकाले यो गाउँलाई छाउपडी गोठ मुक्त गाउँ घोषणा गरिएको हिरिसडेक मुगुका महिला मानव अधिकार कार्यक्रम अधिकृत सञ्जु तिमिल्सिनाले जानकारी दिईन । 

२०७१ सालमा मध्य पश्चिममा नै पहिलो पटक साविकको रोवा गाविसको सोभा गाउँलाई छाउ गोठ मुक्त गाउँ घोषणा गरिएको थियो । अहिलेसम्म आई पुग्दा नगरपालिकाका अधिकाँश गाउँ वस्ति छाउगोठ मुक्तको तयारीमा रहेको तिमिल्सीनाको भनाई छ ।

 अहिले सरकारी निकाय र गैर सरकारी निकायको अथक प्रयासले तुम गाउँलाई छाउ गोठ मुक्त बनाउदैमा पुण नहुने र यसलाई दिगो बनाउन सरसफाईलाई समेत उतिकै ध्यान दिन स्थानीयवासी लाग्नु पर्ने पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको भनाई थियो ।

तुम गाउँ अन्य गाउँ भन्दा स्वास्थ्य र सरसफाईको क्षेत्रमा निकै राम्रो देखिएको तथा महिनावारी भएका महिलालाई घरमा नै बस्ने सुरक्षित कोठाको व्यवस्था गरिएको पाईएको र महिला घरको कुनामा बस्ने भान्सामा नबस्र्ने कुनै पदी घर भित्रको समस्या भएको बेला घर भित्र पसेर काम गर्ने गरीन्छ कुनै असरहुदौन सबै भन्दा हामी महिलाको आत्म बिसुवास मनबल बढाउनु पर्छ भन्दै महिलहरुलाई सरसफाई र मनवल बढाउन आग्र मरेकी छन छायानाथ रारा नगरपालिकाकी नगर उपप्रमुख सकुन्तला रोकायाले बताएकि छन । 

स्थानिय महिला पहिले आफु पनि गाई,भौसी,भेडा बाख्राको गोठमा बस्ने गरीकी थिए हिजो आज बिभिन्न तालिम गोष्टीमा जादा धेरै कुरा बुझेकीहुदा हुदा घरभित्र सुरक्षित कोठामा बस्ने गरेको र नियमित सरसफाई गर्ने गरेको तुम गाँउकी उजेली रोकायाले बताएकि छन ।

दोस्रो छाउपडी गोठ मुक्त तुम गाउँ अन्य गाउँ भन्दा स्वास्थ्य र सरसफाईको क्षेत्रमा निकै राम्रो देखिएको तथा महिनावारी भएका महिलालाई घरमा नै बस्ने सुरक्षित कोठाको व्यवस्था गरिएका छन हिरिसडेक सस्थाले सरसफाईका सामान दिएको छ ,पहिला छुई भएको बेला प्याट प्रयोग गरेका थिएनै हिजा आज बजार बाट प्याट किनेर ल्याएर प्रयोग गने गरेका छौ छुई वा पर सरेको समयमा पोषीले खाने कुरा खाने गरेका छौ भौसीको दुध,दही,ध्यू खाने गरेका छौ गाईको दुध,दही,ध्यू गाईलाई लक्ष्मी देवता मानेर छुई भएको समयमा नखाने गरेको सुरछीत छाउ गोठमा बसेकी हिरादेबी काकीले बताएकी छन ।

। 

माथी तुम गाउँका स्थानीयवासीमा आएको चेतना र जागरणले गाउँको सरसफाई संगै छाउ गोठ मुक्त बनाए जस्तै नगरपालिकाका सबै गाउँ वस्तिलाई छाउ गोठ मुक्त गर्ने रणनिती नगरपालिकाले अघि सारेको नगरपालिकाका उपमेयर सुन्तला रोकायाले बताईन । 

विगतमा आफुहरुले वर्षामा हिलो, हिउँदमा जाडो नभनि सुख्खा रोटि खाएर , दिनभरि काम गरेर राती बारी वा गोठमा सुत्नु परेको र अव अहिले पछिल्लो पुस्ताका महिलाहरु घर भित्रै सुरक्षित सुतेको देख्दा आफुलाई विगतका पिडाले झस्काउने गरेको स्थानीय ५३ वर्षीया लालकिसरा रावलले बताईन ।

पहिले घरका महिला, छोरी बुहारी महिनावारी हुँदा घिऊ, दहि, दुध, मह नदिने, फलफुलका वोट छुदा पाप लाग्ने, गाई छुन नहुने , घरको जग छुँदा समेत देवी देउता रिसाएर अनिष्ट हुन्छ भन्ने गलत सोचका कारण घर भन्दा अलगै सात दिनसम्म बाहिर बसाल्ने स्थानीयवासीले अहिले महिनावारी हुँदा घर भित्रै राख्ने गरेको स्थानीय झाँक्रि ५६ वर्षका चन्द्रबहादुर रावलले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने