2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ्का किसानहरु धान भित्राउने चटारोमा

सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । दर्शैँ सकिए लगत्तै कृषकहरु धान भित्राउने काममा ब्यस्त हुन थालेका छन । केहि दिन दसै मनाउन ब्यस्त रहेका कृषकहरु धान पाकेपछि धान काट्ने र भित्राउने काममा ब्यस्त हुन थालेका हुन । पहेँलै भएर पाकेको धान काट्न कृषकहरु खेतमा सक्रिय भएका छन ।

dang news

विगतको वर्ष भन्दा यसवर्ष धान त्यति राम्रो नभएको कृषकहरुले बताएका छन । समयका वर्षात नहुदा धान रोप्न ढिलाई भएकोले धान त्यति राम्रो नभएको कृषकहरुको भनाई छ । सिँचाईको ब्यबस्था नहुदा कृषकहरुले आकाशे भरमा खेती गर्नु पर्ने बाध्यता रहदै आएको छ । वर्षात राम्रो नहुदा धान उत्पादन मै कमि आउने गरेको छ । वर्षात पर्याप्त नभएकै कारण कृषकहरुले सबै खेतियोग्य जमिनमा धान खेति गर्न पाएका छैनन ।

वर्षात नभए पछि आधा जति खेतियोग्य जमिन बाँझै छोड्नु परेकोले यसपाली धान उत्पादनमा कमी आउने लक्ष्मीपुर ३ का खुशीराम चौधरीले बताउनुभयो । पश्चिम दाङका पुरन्धारा, पञ्चकुले, बाघमारे, शान्तिनगर, धनौरी, श्रीगाउँ, हेकुली लगाएतका स्थानहरुमा पनि यसवर्ष धान उत्पादन त्यति राम्रो हुन नसकेको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ ।

कार्यालयका अनुसार यसबर्ष दाङमा १० प्रतिशतले धान उत्पादनमा गिरावट आउने छ । जिल्लामा करिब ९१ हजार मेट्रिक टन मात्र धान उत्पादन हुने कृषी बिकास कार्यालय दाङका प्रमुख श्रीधर ज्ञवालीले बताउनुभयो । यसवर्ष कुल खेतीयोग्य जमीनको ३६ हजार ६ सय ८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । गतबर्ष ३८ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेति गरिएको थियो ।

दिन प्रतिदीन खेतीयोग्य जमीन प्लटीङ हुदैं जानु, खेतीयोग्य जमीन बाँझो राख्नु, कृषी पेशा प्रति आत्म निर्भर नहुनु लगाएतका कारणले दिन प्रतिदीन उत्पादनमा ह्रास आउन थालेको कार्यालय प्रमुख ज्ञवालीले बताउनुभयो । दाङका देउखुरी क्षेत्र, रामपुर, पबननगर, पञ्चकुलेलाई धान उत्पादनको पकट क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई