२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

इन्धन अभावका कारण स्वर्गद्धारीको बाटो निर्माण रोकियो

२०७२, १४ कार्तिक शनिबार १८:२३

swrgadwariसन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । पेट्रोलियम पदार्थको अभावका कारण भिगृ–स्वर्गद्धारी सडक सुधार तथा निर्माण कार्य पुर्ण रुपले बन्द भएको छ ।

इन्धन अभावले निर्माण सामग्रीको ढुवानी तथा निर्माणमा प्रयोग हुने स्काभेटर लगायत इक्विपमेन्ट संञ्चालनमा समस्या हुदा निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय जस्पुर, प्यूठानले जनाएको छ । इन्धन अभावको कारण देखाउदैँ ठेकेदार पक्षपनि पछिल्लो एक महिना देखि निर्माण सामाग्री सडकमै छोडी सम्पर्क्बिहिन भएको छ । वहुवर्षिय सडक सुधार आयोजना अन्तरगत भिगृ–स्वर्गद्धारी सडकको यस आर्थिक बर्षमा पनि सुधार तथा निर्माण कार्य जारी रहेको भन्दै डिभिजन प्रमुख घनश्याम गौतमले पछिल्लो एक महिना देखि इन्धनको अभावले निर्माण कार्य पुर्ण रुपले रोकिएको वताउनुभयो । भिगृ–स्वर्गद्धारी सडकमा बर्षेनी करोडौँको रकम लगानी भएपनि गुणस्तर सुधार नभएको गुनासो आएको समयममा यस पटक पनि सडक विभाग मार्फत सडकको सुधारका लागि भन्दै १ करोड ५० लाखको बजेट अख्तियारी समेत आएको छ ।

त्रिवर्षिय सडक सुधार आयोजना अन्तरगत बिभाग मार्फत यसबर्षका लागि माग भन्दा कम बजेट आएको भन्दै सडक डिभिजन कार्यालयले सडकको सुधार एकै पटकमा नहुने भन्दै क्रमस हुने समेत जनाएको छ । गत वर्ष सुधार आयोजना अन्तरगत सडकको एक किलोमिटर भन्दा लामो ट्रयाक निर्माण गरिएको भन्दै डिभिजन प्रमुख गौतमले सोहि आयोजना अन्तरगत यस बर्ष सडकको क्षेउमा पर्खाल उठाउने, घुम्तीहरु मिलाउने कार्य जारी रहेको वताउनुभयो । त्रिवर्षिय सुधार आयोजना यस आर्थिक बर्षमा पुरा गर्ने लक्ष्य रहेको भन्दै डिभिजन कार्यालयले ठेकेदार पक्षको ढिलासुस्ती र देशमा उत्पन्न समस्याका कारण निर्माण कार्य समयमै पुरा हुन समस्या पर्ने जनाएको छ । गत बर्षपनि सडक निर्माणको जिम्मा पाएका राल्पाका ठेकेदार भागिराम पुनले सडकमा गुणस्तरहिन काम गरेको र काममा ढिलाई गरेको भन्दै स्थानियले पटक पटक सडक डिभिजन कार्यालयमा डेलिकेसन दिएपछि मात्रै निर्माण कार्य पुरा गरिएको थियो । यस पटक पनि सोही ठेकेदारले कामको सुरु गरेको तर बिचमै काम छोडि हिडेको भन्दै भिगृ–स्वर्गद्धारी सडक ट्रयाक खोल्दाका उपभोक्ता समिति अध्यक्ष तथा स्थानिय इश्वरी रेग्मीले यसपटक पनि ठेकेदार पक्षबाट काममा ढिलासुस्ती सुरु हुदाँ समस्या भएको वताउनुभयो ।

उक्त सडक डिभिजन कार्यालयले भने समयमै काम पुरा गर्नका लागि आफुहरुले लगातार पहल गरेको दाबी गरेको छ । सडकको सुधार संगै केन्द्रमा डिभिजन कार्यालयले सडकलाई पक्कि बनाउन पहल समेत सुरु गरेका दावि गरेको छ । गतवर्ष नै कुल ४२ करोडको स्टिमेट तयार गरि सडक पक्की बनाउन बिभाग र मन्त्रालयमा पठाइएको भन्दै डिभिजन प्रमुख गौतमले अर्को बर्षसम्ममा बाह्रै महिना सडक संञ्चालन हुन सक्ने गरि आफुहरुले तयारी गरेको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ