२४ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भाउमा एकरुपता नहुँदा बंगुरपालन व्यवसाय संकटमा

१४ कार्तिक २०७२, शनिबार १८:२६

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । बजार भाउमा एकरुपता र व्यवसायी बीच एकता नहुँदा आफूहरुको व्यवसाय संकटमा परेको दाङका बंगुरपालन व्यवसायीहरुले गुनासो गरेका छन् । बंगुरपालन व्यवसायप्रति सरकारको हेराई नै विभेदकारी हुँदा र कानुनी बाधा अड्चनले आफूहरुको व्यवसाय धरापमा परेको उनीहरुको भनाइ छ ।

घोराहीमा शनिबार भएको बंगुरपालन व्यवसायी संघ दाङको प्रथम दाङ जिल्ला सम्मेलनका सहभागी व्यवसायीहरुले थुप्रै चुनौती मोलेर बंगुर पाल्दा पनि उचित बजार भाउ भने नपाएको गुनासो गरेका हुन् । महंगो दाना किनेर खुवाउनुपर्ने बाध्यता, समाजमा बंगुरप्रतिको नकारात्मक दृष्टिकोणले पनि व्यवसाय फस्टाउन नसकेको उनीहरुको भनाइ थियो । बंगुरपालन व्यवसायी संघ तदर्थ समितिका अध्यक्ष दुर्गाबहादुर वलीको अध्यक्षता तथा संघका केन्द्रिय अध्यक्ष उमेश राईको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे र जिल्ला पशु सेवा कार्यालय दाङका वरिष्ठ पशु विकास अधिकृत जगत सिंखडाको विशिष्ट आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राईले आफूहरुप्रति सरकारको हेराई नै विभेदकारी रहेको भन्दै त्यस्तो व्यवहार परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । बंगुरपालन व्यवसायलाई व्यवस्थित गर्दै आत्मनिर्भरतालाई जोड दिनसके थुपै्र युवाहरु खाडी मुलुकमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुने सहभागीहरुको धारणा थियो । विभिन्न समस्याले प्रभावित बंगुर व्यवसाय पछिल्लो समय भारतको नाकाबन्दी, बन्दहड्ताल जस्ता गतिविधिले निकै असर पुगेको बंगुर पालक जीतबहादुर घर्तीले गुनासो गर्नुभयो ।

यसैबीच दाङमा १६ हजार ५ सय १९ जना बंगुरपालन व्यवसायमा आवद्ध रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । विशेषगरी पछाडि परेका समुदाय बंगुर पालनमा आवद्ध रहेको र त्यसमा पनि व्यवसाय संकटमा पर्न थालेपछि आफूहरु मारमा परेको उनीहरुको भनाइ थियो । संघका उपाध्यक्ष धनिमाया बुढाको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव चित्रबहादुर पुनले गर्नुभएको थियो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा काठमाडौँको टुसालमा बसको ठक्करबाट बृद्धाको मृत्यु लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन: चितवन जिल्ला अदालत डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन् भारतमा वायुसेनाको विमान दुर्घटना कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव फेला चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो रविबारे प्रचण्डले भने- हिजो प्रधानमन्त्री अफर गरेकाहरू न्यायपालिकालाई धम्क्याएर सडाइछाड्ने षड्यन्त्रमा छन् कांग्रेसलाई प्रचण्डको प्रश्नः ओलीजीसँग सत्ता सहकार्यमा मात्रै हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको ? गृहमन्त्रीले अन्तर्जातीय विवाह तोड्न निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको सांसद नेपालीको आरोप अध्यक्ष प्रचण्डले सदनमा प्रधानमन्त्री ओलीलाई खोजेपछि… वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ प्रतिनिधिसभाको बैठक सुरु : अध्यादेश प्रस्तुत नगरिने ओली–देउवासँग उपेन्द्रले मागे मधेशको मुख्यमन्त्री ट्रम्पको धम्कीपछि मेक्सिकोले अमेरिकी सीमामा खटायो १० हजार सेना तरबारले केक काटेको भिडिओ सामाजिक सञ्जालमामा राख्ने ७ जना पक्राउ