२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

युवा मञ्च सिसहनियाँको अधिवेशन मंसिरमा

२०७२, १६ कार्तिक सोमबार ०९:४६

सन्तोषकुमार गुप्ता, कात्र्तिक १६, भालुवाङ्ग । लालीगुराँस युवा मञ्च सिसहनियाँको नवौँ बार्षिक साधारणसभा तथा चौथो अधिवेशन अगामी मंसिर महिना भित्र गरिने भएको छ ।

मञ्चका अध्यक्ष सन्तोषकुमार गुप्ताको अध्यक्षता एवम् जिल्ला युवा सञ्जाल दाङ्गका उपाध्यक्ष तथा क्षेत्र नम्बर २ का अध्यक्ष बिदुर एमसीको प्रमुख आतिथ्यमा आईतबार सिसहनियाँमा भएको बैठकले अगामी मंसिर महिना भित्र साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।

साधारणसभा तथा अधिवेशन व्यवस्थीत तथा प्रभावकारी बनाउन मञ्चका बरिष्ठ उपाध्यक्ष बाबुराम अधिकारीको संयोजकत्वमा ७ सदस्यीय कार्यक्रम तयारी मूल समिती, महासचिव ओमप्रकाश गुप्ताको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम व्यवस्थापन सििमती, उपाध्यक्ष बसन्तकुमार चौधरकिो संयोजकत्वमा अतिथी स्वागत समिती, सचिव मुना गिरीको संयोजकत्वमा प्रतिवेदन निमार्ण समिती, कोषाध्यक्ष जिबा चौधरीको संयोजकत्वमा आर्थिक समिती गठन गरेको छ । मञ्चका सभा तथा अधिवेशन सिसहनियाँमा गर्ने गरी तयारी समेत शुरु गरेको बताईएको छ ।

साधारणसभा तथा अधिवेशनको मिति भने मञ्चको अगामी बस्ने बैठकले तय गर्ने मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ । सभाका लागि मंसिर १५ गते सम्म मञ्चको सदस्यता समेत खुल्ला गरेको छ । अधिवेशनले अगामी २ बर्षका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गर्नका लागि आन्तरिक तयारी समेत शुरु भएको मञ्चले जनाएको छ ।

बि.सं. २०६४ सालमा रेडियो देउखुरीको स्थापना संगै लालीगुराँस युवा मञ्चको स्थापना भएको थियो । मञ्चका पद्धाधिकारीहरुको निष्कर्यताले गत आर्थिक बर्षमा खासै कार्यक्रम हुन सकेको थिएन् । बैठकको सहर्जीकरण मञ्चका महासचिव तथा प्रवक्ता ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह