2026-06-19 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

ऐरावती क्याम्पसको भेला सम्पन्न, उपभोक्ता समिती गठन

Dang news

सन्तोषकुमार गुप्ता । कात्तिक १७, भालुवाङ । देउखुरीको ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियाको थप भौतिक सुधार गर्न आर्थिक बर्ष २०७२÷०७३ मा जिल्ला विकास समिती दाङ्ग र लालमटिया गाविसबाट विनियोजित रकमबाट निर्माण कार्य सम्पन्न गर्न मंगलबार क्याम्पस प्रगाणमा आम भेला सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०७२/०७३ मा बिनियोजित ९ लाख बराबरको योजना सम्पन्न गर्न भेलाले दुई वटा छुट्टाछुट्टै भवन निर्माण उपभोक्ता समिती गठन गरेको छ । जस अन्र्तगत यस बर्ष क्याम्पसको भौतिक सुधारका लागि जिल्ला विकास समिती दाङ्गबाट ७ लाख र लालमटिया गाविसबाट २ लाख ८८ हजार रकम विनियोजिन गरिएकोे क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालले जानकारी दिए । विनियोजित रकमबाट योजना सम्पन्न गर्न उपभोक्ता समिती गठन गर्ने प्रबाधन अनुरुप दुई वटा छुट्टाछुट्टै भवन निर्माण उपभोक्ता समिती गठन गरिएको हो । जस अन्र्तगत जिल्ला विकास समितीको योजना सम्पन्न गर्न क्याम्पस सञ्चालक समितीका उपाध्यक्ष युवराज न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय भवन निर्माण उपभोक्ता समिती गठन गरेको छ । जसको उपाध्यक्षमा रमेशमान गुरुङ्ग, ुसचिवमा तिलक अधिकारी, कोषाध्यक्षमा पूर्णामा आचार्य, सदस्यहरुमा केशरबहादुर रोका, सरस्वता पौडेल, हस्ता आचार्य, शान्ति सुनार र जोहरमान मियाँ रहेका छन् । त्यस्तै भेलाले लालमटिया गाविसले यस बर्ष विनियोजन गरिएको योजना सम्पन्न गर्न क्याम्पस सञ्चाचलक समितीका सदस्य मेनुका शर्माको अध्यक्षमा ७ सदस्यीय भवन निर्माण उपभोक्ता समिती गठन गरेको छ । जसको उपाध्यक्षमा रामनाथ आचार्य, सचिवमा रामकृष्ण आचार्य, कोषाध्यक्षमा मालिका आचार्य, सदस्यहरुमा सुमित्रा आचार्य, दुखराम सार्की र जीवन गुप्ता रहेका छन् ।

Arawati

गठित समितीले एक हप्ता भित्रबाट काम शुरु गरी असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गरिने क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितीका सदस्य सचिव बिष्णुप्रसाद भुसालले जानकारी दिए । क्याम्पस अहिले आफ्नै भवनबाट सञ्चालनमा आए भएको ता पनि भौतिक निर्माण पूर्ण रुपले भने तयार भई सकेको छैन । क्याम्पसको भौतिक संरचना पूर्ण रुपले सम्पन्न गर्न करिब एक करोड रकम आवश्यकता रहेको बताईएको छ ।

क्याम्पस सञ्चालक समितीका अध्यक्ष सुर्यप्रकाश शर्माको अध्यक्षतामा भएको भेलामा गाविस भरिका एक सय बढी समाजिक अगुवाहरुको सहभागिता रहेको थियो । भेलाको सहजीकरण क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितीका सदस्य सचिव बिष्णुप्रसाद भुसाल र लालमटिया गाविसकी समाजिक परिचालक सन्तोषी चपाईले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग