२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्वर्गीय बेल्लबासेको सम्झनामा ऋषि पुल

२०७२, २१ कार्तिक शनिबार ०८:२०

सन्तोषकुमार गुप्ता/ कात्तिक २१, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत भालुवाङ्ग पुल्चोकको प्यूठान चोक देखि प्यूठान रोल्पा सडक खण्ड अन्र्तगत निमार्ण्धिन भालुवाङ्ग बसपार्क पर्ने भालु खोलामा निर्माण गरिएको पुलको नाम शुक्रबार देखि ऋषि पुल नामकरण गरिएको छ ।

dang1
गत कात्र्तिक १ गते भालुवाङ्ग पुरानो बजार निवासी युवा समाजसेवी ऋषि बेल्बासेको सोही भालु खोलामा मोटरसाईकलमा परि दुखद निधन भएको थियो । बेल्बासेको सम्झनामा दुर्घटना स्थल पुलको नाम ऋषि पुल राखिएको हो । युवा जागरण मञ्च पुल्चोक भालुवाङ्गले पुल्चोक बजार र भालुवाङ्ग पुरानो बजारको बचिमा पर्ने उक्त दुर्घटना स्थल भालु खोलामा रहेको पुलको नाम स्वर्गीय ऋषि बेल्बासे नामकरण गरी एक समारोहका बीच शुक्रबार नै साईनबोड स्थापना गरिएको छ । मञ्चले आफ्नै लगानीमा उक्त साईनबोर्ड स्थापना गरेको मञ्चले जनाएको छ ।

dang

दुर्घटना स्थल पुलको नाम ऋषि पुल राख्दा शोकाकुल बेल्बासे परिवार संगै भालुवाङ्ग पुल्चोक बासीलाइृ सान्तवना मिल्नुका साथै अगामी दिनमा उक्त ठाउँमा हुन सक्ने सडक दुर्घटनामा समेत कमी आउने बिश्वास लिएका छौँ मञ्चका अध्यक्ष प्रेम खत्रीले भने । यस अघि पनि उक्त पुल तथा खोलामा दर्जनौ सडक दुर्घटना भएको थियो । मञ्चका अध्यक्ष प्रेम खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लालमटिया गाउँ पार्टी सचिव टोपबहादुर झाँक्री, राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ऋषिराम आचार्य, संघकै उपाध्यक्ष रामबहादुर सुनार, भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष कमल केसी, भालुवाङ्ग नगर विकास समितीका कार्यालय प्रमुख बिनोद भुसाल, सोही कार्यालयका लेखापाल शिशिर जिसी, सामुदायिक प्रहरी सेवा केन्द्रेका उपाध्यक्ष ऋषिराम बस्नेत, युवा समाजसेवी हेमराज रोकामगर, पत्रकारहरु सन्तोषकुमार गुप्ता, बिदुर एमसी, जमिर शाह र धुब्र बेल्बासेले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका उपाध्यक्ष माधव खनालले गरेका थिए ।

दिवंगत बेल्बासे स्वर्गीय बुवा देवीप्रसाद बेल्बासे र आमा निलम बेल्बासेका जेष्ठ सुपत्र हुन् । भालुवाङ्ग क्षेत्रमा लोक प्रिय युवा समाजसेवी तथा प्रशिद्ध व्यपारीको रुपमा चिनिने बेल्बासेकी आमा, धर्मपत्नी, दुई छोरी, एक छोृरा र एक भाई छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन