पर्वत । पर्वत क्षेत्र नं १ का सांसद नेत्र नाथ अधिकारीले जिल्लाको विकास योजनाको ठेक्कापट्टा अब नीजि क्षेत्रलाइ नदिने बताएका छन् ।


लामो समयदेखि निर्माणधिन अबस्थामा रहेको कालीगण्डकी लोकमार्ग निजी क्षेत्रलाई दिदानै समयमा काम हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत क्षेत्र नं १ का सांसद नेत्र नाथ अधिकारीले जिल्लाको विकास योजनाको ठेक्कापट्टा अब नीजि क्षेत्रलाइ नदिने बताएका छन् ।


लामो समयदेखि निर्माणधिन अबस्थामा रहेको कालीगण्डकी लोकमार्ग निजी क्षेत्रलाई दिदानै समयमा काम हु"/>

२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकी लोकमार्ग अब निजी क्षेत्रलाइ दिन्नौं– सांसद नेत्र अधिकारी

२०७४, ६ माघ शनिबार ०३:३९

पर्वत । पर्वत क्षेत्र नं १ का सांसद नेत्र नाथ अधिकारीले जिल्लाको विकास योजनाको ठेक्कापट्टा अब नीजि क्षेत्रलाइ नदिने बताएका छन् ।


लामो समयदेखि निर्माणधिन अबस्थामा रहेको कालीगण्डकी लोकमार्ग निजी क्षेत्रलाई दिदानै समयमा काम हुन नसकेको भन्दै अब कानूनसंबत भए अब नेपाली सेनालाई सो जिम्मेवारी सुम्पिने योजनाहरु आफूहरु तीनै जना संसादले बनाएको बताए । उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नीजि क्षेत्रलाई जिल्लाको विकास सुम्पिदानै कालीगण्डकी लोकमार्ग अन्योलमा परेको भन्दै अब त्यसको विकल्प सोच्ने बारेमा आफूहरु लागेको बताए । 


नीजि क्षेत्रका साथीहरु नरिसानुहोला, यस्तो पाराले जिल्लाको विकास हुदैन, कानून बमोजिम कुनै अप्ठेरा आएनन भने हामी अब नेपाली सेनालाई जिम्मेवारी सुम्पिन्छौं  सांसद अधिकारीले भने ।


एक अर्बको लगानीमा कालीगण्डकी करिडोर दुइ घुम्तीमा नेपाली सेनाले रिडीसम्म ४ घण्टामा पुग्न सक्ने त्यत्रो लामो बाटो बनाउन सफल भयो तर त्यतिनै लगानीले हाम्रो जिल्लामा हाम्रो कालीगण्डकी लोकमार्ग अन्योलमा परेको छ त्यसैले अब यसको विकल्प खोज्नेमा हामी सांसदहरुले सोचेका छौ । उनले भने ।  निर्माण व्यवसायीहरुको काम सन्तोषजनक नभएका कारण आफूहरुले विकल्प सोच्न लागेको उनले बताए । 


जिल्लामा नीजि क्षेत्रको लगानीमा यान्त्रिकपुलदेखि बञ्जि जम निर्माण भएकोमा आफूहरु खुसि भएको सांसद अधिकारीले बताए । तर अझै पनि 

जिल्लामा उर्जा नदि मोदीखोलामा विद्युत उत्पादनको लागि शेयर लगानीमा जिल्लाको सक्रियता कम भएकोमा चित्त दुखाए । उनले कालीगण्डकी नदि शालीग्राम नदी र धार्मिक नदि भएका कारण यसको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको समेत उनले बताए । 


सांसद अधिकारीको कुरामा प्रतिनिधिसभाका सांसद पदम गिरीले एक्केबद्धता जनाएका छन् । उनले पनि अब जिल्लाको विकास यहि पाराले नहुने भन्दै यसको विकल्प सोच्नुपर्ने बेला आएको बताएका छन् । यहि अबस्थामा अगाडि बढ्ने हो भने जिल्लाको विकास पाँच बर्षमा हुन नसक्ने भन्दै नीजि क्षेत्रतर्फ जिल्लाका सांसद आक्रोशित बनेका छन् । 


जिल्लालाई पाँच बर्षमा नमूना बनाउने, विकासका पूर्वधार गाउँगाउँमा पु¥याउने आफूहरुले सपथ खाएकका कारण कि नीजि क्षेत्रहरुले आफ्नो काम जिम्मेवारीपूर्ण गर्नुपर्ने होइन भने त्यसको विकल्प खोज्नुपर्नेमा आफूहरुले सोच बनाएको गिरीको धारणा थियो ।


गिरीले पाँच बर्षभित्र जिल्लाका मुख्य सडक संजाल कालोपत्रे गरेर छाड्ने प्रतिबद्धता समेत दोहो¥याएका छन् । उनले कुनै पनि हालमा जिल्लाको विकासको बारेमा पाँच बर्षभित्र आवश्यक पूर्वधारहरुलाई तयार गरी सोही अनुसार काम गरेर देखाउने समेत बताए । 





  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ