Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी: पिछडिएको दलित बस्ती राहतको प्रतीक्षामा

२०७४, ६ माघ शनिबार ११:५४

माघ ६, महोत्तरी । शीतलहर र बाक्लो हुस्सुको समयमा तराई मधेश कठ्यांगिँदै गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन् । 

सिंहदरबारको अधिकार गाउँमै ल्याउने सपना देखाएर निर्वाचित भएका जनप्रतिनिधि उनीहरुको समस्या बुझ्न गाउँ नफर्केपछि दलित बस्ती चिसोले कठ्यांग्रिएको छ । 

स्थानीय जनप्रतिनिधि चुनावमा निर्वाचित भएको १०० दिन पूरा भएपनि सोनमा गाउँपालिका–५ खैरवनीका दलित बस्तीमा कुनै किसिमको परिवर्तन हुन सकेको छैन । खैरवनी महरा बस्तीमा सो अवधिमा न त बाटो मर्मत हुन सकेको छ न त खानेपानीको नै सुविधा छ । 

पचासौँ दलित समुदायका घरपरिवार स्वच्छ खानेपानीको लागि तड्पिरहेका छन् । न त खानलाई घरमा अन्न छ न त पिउनलाई नै स्वच्छ पानी त्यहाँ छ त केवल फोहरको डुँगुर, छाप्रोभित्र चिसोसँग बच्नका लागि राखेको परालको चटाई । 

यहाँका स्थानीय जनप्रतिनिधिविहीन भएको अनुभव गर्न थालेका छन् । स्थानीय ५० वर्षीया साकु्देवी महराका अनुसार त्यहाँ स्थानीयले स्वच्छ खानेपानी पिउन पाएका छैन । खेनारी यादवले चिसोले जनजीवन कष्टकर हुँदासमेत अहिलेसम्म जनप्रतिनिधि गाउँ नआएको गुनासो पोखेका छन् । 

एैलानी जग्गामा बसोबास गर्दै आएको स्थानीय इन्दल मल्लिक डोमले बालबालिका घरको अभावमा कठ्यांगिँरदै जीवन बिताउँदै आएको बताउनुभयो । राति जाडो हुँदा रातभर जाग्राम भएर बस्नुपर्ने स्थिति रहेको मल्लिकले गुनासो पोखे । 

लीलादेवी मल्लिकले जनप्रतिनिधिले झुठो आश्वासन दिएर मत मागेर लगेता पनि पछि फर्केर नआउँदा अनेकौँ समस्या रहेको सुनाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ